Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

न्युक्यासलको रोमाञ्चक जित

इंग्लिस क्लब न्युक्यासल युनाइटेडले लिड्स युनाइटेडविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ । बुधबार इंग्लिस प्रिमियर लिगअन्तर्गत न्युक्यासलको घरेलु मैदानमा सम्पन्न खेलमा लिड्सले तीनपटक अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

खेलको ३२औँ मिनेटमा लिड्सलाई टोलीका ब्रेन्डेन एरोन्सनले अग्रता दिलाए । तर, लिड्सले यो अग्रता लामो समयसम्म जोगाउन सकेन । ३६औँ मिनेटमा न्युक्यासलका हार्भे बार्नसले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

पहिलो हाफको इन्जुरी टाइममा लिड्सका डोमिनिक काल्र्भट–लेविनले गोलगरेसिछ, टोली २–१ को अग्रता बनायो । तर, न्युक्यासलले ५४औँ मिनेटमा पुनरागमन गर्‍यो । टोलीका जोलिन्टनले बराबरी गेल फर्काएका थिए ।

७९औँ मिनेटमा लिड्सले टोलीका ब्रेन्डेनको व्यक्तिगत दोस्रो गोलमा ३–२ को अग्रता बनायो । इन्जुरी टाइममा न्युक्यासलका ब्रुनो ग्युमारेजले गोल गर्दै टोलीलाई ३–३ को स्थितिमा ल्याए । यसपछि, इन्जुरी टाइममा हार्भेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।

जितसँगै न्युक्यासलले तालिकामा ३३ अंक जोडेको छ । न्युक्यासलले २१ खेलमा नौ जित, पाँच बराबरी र सात हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित लिड्स भने २२ अंकमा सीमित छ ।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP