Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाण्डौमा शुरू

 

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाण्डौको भृकुटीमण्डमा शुरू भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पानसमा बत्ती बालेर र बिरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गर्नुभएकाे हाे ।

उद्घाटन समारोहअघि कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले र्‍याली, जुलुस निकालेका थिए । विशेष महाधिवेशनमा आज उद्घाटन सत्रअन्तर्गत सम्बोधनहरू र भोलि कार्यविधि बनाएर अघि बढ्ने योजना रहेको आयोजकले बताएका छन् ।

आयोजकका अनुसार भोलि बन्दसत्रमा नेतृत्व परिवर्तनका विषयसमेत पर्न सक्ने सम्भावना रहेको छ । बन्दसत्रमा विभिन्न राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनहरू पेश हुनुका साथै चुनावी घोषणापत्रबारे पनि छलफल हुने कार्यक्रम छ ।

कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ दशमलव ५८ प्रतिशत अर्थात् २ हजार ४ सय ८८ जनाले हस्ताक्षर गरेर यो विशेष महाधिवेशन माग गरेका हुन् ।

गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनपछिको सन्दर्भमा पार्टीको विशेष महाधिवेशन माग गर्दै गएको असोजमा हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरावलोकन, पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा र संरचनागत परिवर्तनका निम्ति विधान संशोधन गरि चार वटा विषयलाई मुख्य एजेन्डा बनाएका छन् । पछि पार्टीले पुस मसान्तमा नियमित नै महाधिवेशन गर्ने भनेपछि विशेष महाधिवेशनको विषय सेलाएकोमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद आउँदो जेठ मसान्तसम्म थप्दै वैशाख अन्तिममा मात्र नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि विशेष महाधिवेशन आयोजना भएको हो ।

कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले मागेको खण्डमा विशेष महाधिवेशन हुन सक्छ भने त्यहाँ वैधानिक निर्णय गर्न ५१ प्रतिशतको आवश्यकता पर्छ । सङ्ख्या पुगेमा विधिवत् रूपमा नीति तथा नेतृत्व परिवर्तनका विषय बन्दसत्रले अघि बढाउन सक्ने छ । तर संस्थापन पक्ष विशेष महाधिवेशनको आयोजनाप्रति एकदमै रुष्ट बनेको छ । दुवै थरीबीचको बेमेल बढ्दै जाँदा चुनावको सङ्घारमा पार्टी एकता जोखिममा परेको जानकारहरूको विश्लेषण छ ।  वैखरी 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP