Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी दिए । नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई भनेको छ ।आयोग स्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जनता समाजवादी पार्टी नेपालका २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यी दुइ दलबीच एकता भइसकेको छ । यसकारण लोसपाका तर्फबाट परेका उम्मेदवार फिर्ता लिएर जसपाको सूचीमा राखिएको छ ।

जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उन्नत लोकतान्त्रिक पार्टीका २ जना, नेपाली कम्युनिस्ट पार्टीका २ जना, नेपाली कांग्रेसका २ जना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २ जना, गतिशील लोकतान्त्रिक पार्टीका १ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना, नेपाल जनता पार्टीका १ जना, प्रगतिशील लोकतान्त्रिक पार्टीका १ जना, संघीय लोकतान्त्रिक पार्टीका १ जना र संयुक्त नागरिक पार्टीका १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिएकाको ठाउँमा सम्बन्धित पार्टीले अर्को व्यक्तिको नाम पठाउनेछ । निर्वाचन आयोगले नयाँ आएका नाम समेत समावेश गरेर माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्नेछ । प्रकाशित नामउपर दाबी विरोधका लागि माघ ५ गते देखि माघ १० गतेसम्मको समय रहनेछ ।

दाबी विरोधको उजुरीमाथि माघ ११ देखि माघ १७ गतेसम्म निर्वाचन आयोगले अध्ययन गर्नेछ । उक्त सूचीमा कसैको नाम हटाउनुपरे माघ १९ गते निर्वाचन आयोगले सूचना प्रकाशन गर्ने कार्यतालिका छ ।

माघ २० माघमा समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ मा हुँदैछ ।

२७५ सदस्यीय प्रतिनिधिसभाका लागि समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुन्छन् । १६५ जना प्रत्यक्ष चुनाव जितेर आउँछन् । प्रत्यक्ष तर्फको मनोनयन दर्ता भने आगामी माघ ६ गते हुनेछ ।  अनलाइनखबर

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP