Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

लाैटन राम द्राेपदी देवी मावि गणेशपुरमा सरस्वती माताको प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव हुँदै

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १ माघ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ गणेशपुरमा अवस्थित लौटन राम द्रौपदी देवी माध्यमिक विद्यालय परिसरमा सरस्वती माताको मन्दिर निर्माण सम्पन्न भएसँगै प्राण प्रतिष्ठा तथा रासलीला महोत्सव आयोजना हुने भएको छ । विद्यालय प्रशासनले बिहिबार पत्रकार सम्मेलनमार्फत महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

शैक्षिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस महोत्सवलाई सभ्य, भव्य र ऐतिहासिक बनाउने उद्देश्यले विभिन्न उप-समिति गठन गरिएको विद्यालयले जनाएको छ । सुरक्षा, व्यवस्थापन, पूजा विधि, अतिथि सत्कार, साँस्कृतिक कार्यक्रम, प्रचार-प्रसार लगायत विभिन्न छुट्टाछुट्टै उप-समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको विद्यालय प्रधानाध्यापक श्याम प्रकाश चाैधरीले जानकारी दिए ।

कार्यक्रम तालिका अनुसार २०८२ माघ ७ गते बुधबार कलश यात्रासँगै महोत्सवको औपचारिक शुभारम्भ हुनेछ कलश यात्रा विद्यालय परिसरबाट सुरु भई झिँगहा चाैराहा हुलाकी सडक हुँदै चरगंहवा नदीकाे जल भरेर पुनः त्यही बाटाे हुँदै विद्यालयमा प्रवेश गरिनेछ । करिब २ सय ५१ जना श्रद्धालुहरु कलश यात्रामा सहभागी हुने आयाेजकले जनाएको छ । कलश यात्रामा विद्यालय परिवार, स्थानीय श्रद्धालु, महिला समूह तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

त्यसैगरी माघ ८ गते बिहीबार नेत्र मिलाप कार्यक्रम आयोजना गरिनेछ भने माघ ९ गते शुक्रबार सरस्वती माताको प्राण प्रतिष्ठा तथा पूर्ण आहुती कार्यक्रम सम्पन्न गरिनेछ । महोत्सव अवधिभर दैनिक रूपमा बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म विधिपूर्वक पूजापाठ कार्यक्रम सञ्चालन हुनेछ ।

यसैगरी धार्मिक वातावरणसँगै सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक दिन साँझ ७:०० बजेदेखि राति १२:०० बजेसम्म वृन्दाबनका रास मंडलीद्वारा रासलीला कार्यक्रम प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन् ।

सरस्वती माताको मन्दिर निर्माण, प्राण प्रतिष्ठा तथा रासलीला महोत्सवका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार चौधरीले पत्रकार सम्मेलनमा बोल्दै सरस्वती माता ज्ञान, विद्या र संस्कृतिको प्रतीक भएकाले विद्यालय परिसरमा मन्दिर स्थापना हुनु गौरवको विषय भएको बताए । उनले यस महोत्सवले धार्मिक आस्थासँगै सामाजिक एकता र साँस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

विद्यालय प्रशासनका अनुसार महोत्सवमा स्थानीय तहका जनप्रतिनिधि, शिक्षाविद्, समाजसेवी तथा धर्मप्रेमी व्यक्तिहरूको सहभागिता रहनेछ । महोत्सवलाई सफल पार्न सम्पूर्ण स्थानीयवासी, अभिभावक, विद्यार्थी तथा श्रद्धालुहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग गर्न आयोजक समितिले आग्रह गरेको छ ।

उक्त महोत्सवले गणेशपुर क्षेत्रलाई धार्मिक तथा साँस्कृतिक दृष्टिले थप चिनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP