Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली कांग्रेसको देउवा र गगन थापाको आधिकारिकता विवाद अध्ययन

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले नेपाली कांग्रेसको देउवा र गगन थापाको आधिकारिकता विवाद अध्ययन थालेको छ।
गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको भनेर निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको छ।
शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आयोगमा निवेदन दिएको छ । र, आज देउवा पक्षका नेता कार्यकर्ताहरु आयोग कार्यालय पुगेका छन्।
२ माघ, काठमाडौं । १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबीउपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले अध्ययन थालेको हो ।

‘शाखाले अध्ययन गरेर आयोगमा पेश गर्ने कुरा भएको छ । आयोगको रेगुलर बैठकमै पेस हुनेछ । शाखाले अध्ययन गर्छ र देखेको कुरा आयोगमा पेस गर्छ’ उनले भने । सूचना अधिकारी घिमिरेले भनेको शाखा निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा हो ।

पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । निवेदनमा विशेष महाधिवेशनले गरेको निर्णय अनुसार कार्यसमिति अद्यावधिक गर्न भनिएको छ । साथै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको हस्ताक्षर रहने भनिएको छ ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मनोनयन दर्ता यही माघ ६ गते तय भएको छ । यसअघि कांग्रेसबाट मनोनयनपत्रमा हस्ताक्षर शेरबहादुर देउवाको रहने गरी निर्वाचन आयोगमा अभिलेखित छ । त्यसलाई बदलेर गगन थापाको हस्ताक्षर मनोनयनपत्रमा हुने भनेर विशेष महाधिवेशनबाट निर्वाचित समूहले निवेदन दिएको हो यो पनि पढ्नुहोस
निर्वाचन आयोगले कांग्रेस विवाद कसरी टुंग्याउँछ ?
तर, शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन नै आयोजना नभएको भनेर निवेदन दिएको छ । ‘जानकारी सम्बन्धमा’ भनेर दिइएको देउवा पक्षको निवेदनमा लेखिएको छ, ‘नेपाली कांग्रेसको नाममा काठमाडौमा विशेष महाधिवेशन भएको भनी विभिन्न संचार माध्यममा आएकोले त्यस्तो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको नगरेको व्यहोरा समेत अवगत गराइन्छ ।’

गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २६ गतेदेखि माघ १ गतेसम्म विशेष महाधिवेशन चलेको थियो । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति नै चयन गरेर अगाडि बढेको छ । तर, देउवा पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भनेर आयोगमा पत्र बुझाएको छ ।

आधिकारिकता विवाद अध्ययन भइरहेका बेला आज देउवा पक्षका नेता–कार्यकर्ताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP