Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ को सट्टा पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय

नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ को सट्टा पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको छ।
यो निर्णयले रुपन्देही एमालेभित्र तरंग पैदा भएको र विभिन्न प्रतिक्रिया आएको छ।
पौडेलले पाल्पा-२ रोज्नुले पार्टी र कार्यकर्ताको भावनामाथि खेलवाड भएको भन्दै पुनर्विचार गर्नुपर्ने माग गरिएको छ।
४ माघ, बुटवल । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ को सट्टा पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णले रुपन्देही एमालेभित्र तरंग पैदा भएको छ ।

एकल सिफारिस भएको र चार पटक लगातार जितेको क्षेत्रबाटै उम्मेदवार बन्ने धेरैको अपेक्षाविपरीत पौडेल पाल्पा-२ मा गएपछि विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।

पाल्पा-२ मा उम्मेदवार बन्ने भएपछि रुपन्देही-२ का पौडेल पक्षका नेता-कार्यकर्ताबाट मिश्रित प्रतिक्रिया आएको छ । एकथरीले रुपन्देही-२ नछाड्न र निर्वाचनमा हार-जित जे भए पनि सामना गर्न सुझाव दिएका छन् भने पौडेल पक्षकै अर्काथरीले पार्टी भित्रबाटै निर्वाचनमा असहयोग र रुपन्देहीमा पूर्वाधार विकासमा ठूलो योगदान गरे पनि जस नदिएकाले क्षेत्र छाडेर ठिकै गरेको तर्क गरेका छन् ।

पौडेल रुपन्देही-२ बाट एकल सिफारिस भएका थिए । पाल्पा-२ मा पौडेलसहित ४ जना सिफारिस भएका थिए ।

महासचिव पोखरेल समूहले पौडेललाई २०७९ को निर्वाचनमै पराजित गर्न भूमिका खेलेको र यसपटक पनि त्यही नियति दोहोरिने भयले पौडेल सुरक्षित क्षेत्र खोज्दै पाल्पा-२ पुगेको तर्क पौडेल पक्षका नेता-कार्यकर्ताले गरिरहेका छन् ।

पार्टी भित्रको गुटगत लडाईं र असहयोगकै कारण रुपन्देही-२ छाड्न बाध्य भएको पौडेलका शुभेच्छुकहरू बताउँछन् । पार्टी भित्र पौडेल पनि अध्यक्ष केपी ओलीकै समूहमा रहे पनि महासचिव पोखरेल र पौडेलबीच आन्तरिक लडाईं छ ।

एमाले बुटवल उपमहानगरका उपाध्यक्ष माधव खनालले पार्टी भित्रको अर्को गुटले असहयोग गर्ने गरेकाले पौडेलले रुपन्देही-२ छाड्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले पार्टी भित्र यसको हिसाबकिताब हुने चेतावनी दिएका छन् ।

एमाले रुपन्देहीका नेता बाबुराम भट्टराईले विष्णु पौडेलले पाल्पा-२ बाट उम्मेदवार हुने विषयमा पुनर्विचार गर्दा राम्रो हुने सुझाव दिएका छन् । विगतमा डा. बाबुराम भट्टराईलाई समेत पौडेलले अत्यधिक मतले पराजित गरेको स्मरण गर्दै भट्टराईले अहिले पनि पौडेललाई विजयी बनाउने उल्लेख गरेका छन् ।

‘पक्कै पनि उहाँले रूपन्देहीका कार्यकर्ता र मतदाताहरूको भावनाको कदर गर्नु हुनेछ,पुनर्विचार गर्नु हुनेछ । पार्टीले पनि निर्णय सच्याउने छ,’ भट्टराईले भने ।

२०७९ को चुनावमा पौडेलविरुद्ध उम्मेदवारी दिएर पछि उम्मेदवारी खारेज भएका एमाले नेता राजु गुरुङले पनि पौडेललाई पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय सच्याउने अपेक्षा गरेका छन् । उनले रुपन्देही-२ का कार्यकर्ता र मतदाताले पौडेललाई नै विजयी गराउने तर्क गर्दै पाल्पा-२ मा ठाकुर गैरेलाई नै उम्मेदवार बनाउँदा न्यायोचित हुने टिप्पणी गरेका छन् ।

प्रेस चौतारी रुपन्देहीका पूर्वअध्यक्ष दिनेश पाण्डेले पार्टीबाट सधैं अवसर लिनेहरूले नै २०७९ सालको चुनावमा कुनाकुना पसेर पौडेललाई हराउने योजना बनाएको र यसपटक पनि देखाइदिन्छौं भन्दै त्यही योजना बनाएकाले पौडेलले रुपन्देही-२ छाड्नुपरेको टिप्पणी गरे ।

नेपाल बौद्धिक परिषद् केन्द्रीय सदस्य एवं नेकपा एमाले लुम्बिनी प्रदेशका सल्लाहकार हरि ज्ञवालीले भने रूपन्देही-२ मा पार्टीबाट एकल सिफारिस भएका पौडेलले पाल्पा-२ रोज्नु पार्टी र कार्यकर्ताको भावनामाथि खेलवाड हुने टिप्पणी गरे ।

‘लामो समयदेखि आफूले चुनाव जित्दै आएको क्षेत्र छोडेर पौडेलले रुपन्देहीको पार्टी,कार्यकर्ता र मतदातालाई धोखा दिएका छन्,’ ज्ञवालीले भने, ‘विष्णु पौडेल र रूपन्देहीबीच भावनात्मक सम्बन्ध रहिआएको छ । उनलाई रुपन्देहीवासीले विकासका रोल मोडेल भनेर सम्मान गर्दै जिताउँदै पनि आएका हुन् । तर त्यो भावनात्मक र अन्योन्याश्रित सम्बन्धलाई विष्णु पौडेलले फगत उपयोगवादी प्रवत्ति र अवसरका रूपमा लिएको अहिलेको यो निर्णयले पारेको छ,’ ज्ञवालीले भने ।

तुलनात्मक रूपमा सुरक्षित मानिएको पाल्पा-२ रोजेर उनले एकातर्फ ठाकुर गैरेप्रति अन्याय गरेको ठहर्छ भने अर्कोतर्फ चुनाव जित्नकै लागि स्वार्थीपन देखाएको प्रमाणित हुने भन्दै ज्ञवालीले यो प्रवृत्ति गलत भएको र पार्टीले यसमा पुनर्विचार गरी सच्याउनुपर्ने माग गरे ।

बुटवल-१० का वडाध्यक्ष बलबहादुर पुनले पार्टीले गरेको निर्णयले साह्रै चित्त दुखेको गुनासो गरे । ‘रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेलको विकल्प छैन, निर्णय तुरुन्त सच्याएर यहींबाट लड्नुपर्छ,’ पुनले भने ।

पौडेलका स्वकीय सचिव यम पाण्डेले भने पौडेलको चाहना र तयारी रुपन्देही-२ बाटै चुनाव लड्ने रहे पनि पार्टीले पाल्पा-२ मा सिफारिस गरेपछि निर्णय मान्नुको विकल्प नभएको बताए ।

‘रुपन्देही-२ का पार्टी कार्यकर्ता, मतदाता र शुभेच्छुकको भावनाको उहाँले सम्मान गर्नुभएको छ, तर पार्टीले गरेको निर्णय विपरीत फेरि रुपन्देहीमा फर्किन नसक्ने बताउनुभएको छ,’ पाण्डेले प्रष्ट पारे, ‘पाल्पा-२ पनि रुपन्देही-२ सँग जोडिएको र सिद्धबाबा सुरुङमार्ग,रानीमहलको विकास, बेलहिया-पोखरा सडक स्तरोन्नति जस्ता योजना पहिल्यैदेखि पौडेलकै अगुवाइमा सुरु भएकाले त्यहाँका मतदाताले पनि उहाँलाई रोज्नेछन् ।’

नेकपा एमाले तानसेन नगर अध्यक्ष गुराँस आत्रेयले पौडेललाई पाल्पा-२ ले उम्मेदवार पाउने निर्णय स्वागतयोग्य रहेको बताए । ‘उहाँ अब सम्भावित प्रधानमन्त्रीकै उम्मेदवार हो, त्यसैले पाल्पाले प्रधानमन्त्री पाउने सम्भावनाका रूपमा उहाँको उम्मेदवारीलाई हेरेका छौं,’ आत्रेयले भने, ‘ठाकुर कमरेडलाई भविष्यमा न्याय हुनेगरी असन्तुष्टिलाई मिलाउँछौं ।’

गत निर्वाचनमा पाल्पा-२ मा एमालेका ठाकुरप्रसाद गैरे २७ हजार ८१७ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनबाट तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २३ हजार ८५१ मत पाएका थिए । तीन हजार ९६६ मतान्तरले गैरे निर्वाचित भएका थिए । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन गैरेले ५ हजार १८० मत र अन्य साना दलले १ हजार ७०० बढी मत पाएका थिए ।

पौडेलको पाल्पा-२ मा गरिएको सिफारिसलाई कतिपय एमाले कार्यकर्ताले युवा नेता ठाकुर गैरेले ११औं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएकाले उनलाई टिकट नदिने प्रपञ्चका रूपमा लिएका छन् ।

२०५१ सालमा पाल्पाबाट संसदीय यात्रा प्रारम्भ गरेका पौडेल २०५६ देखि रुपन्देहीबाट चुनाव लड्दै आएका छन् । २०५६ मा भने कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका थिए । २०६४ यताका चार वटा संसदीय चुनाव पौडेलले लगातार जित्दै आएका छन् ।

पौडेलले पाँच पटक अर्थ मन्त्रालय सम्हालेका छन् । पहिलो पटक २०७२ कात्तिकमा अर्थमन्त्री भए । दोस्रो पटक २०७७ असोजमा अर्थमन्त्री बने । तेस्रो पटक २०७८ जेठ, चौथोपटक २०७९ पुस र २०८१ असारमा पाँचौँ पटक अर्थमन्त्री भएका हुन् । पौडेल पहिलो पटक २०५३ चैत १२ देखि २०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए ।

२०६४ मा रुपन्देही-२ बाट चुनाव जितेसँगै २०६५ भदौ ५ देखि २०६६ जेठ ७ सम्म उनी दोस्रो पटक मन्त्री बने । उनले जलस्रोत मन्त्रालय सम्हालेका थिए । २०६७ सालमा पौडेल रक्षामन्त्री थिए । त्यतिबेला पौडेल २०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए । पार्टी भित्र समन्वयकारी र सन्तुलित मानिने पौडेल एमालेको १०औं र ११औं महाधिवेशनबाट उपाध्यक्ष पदमा छन् ।

विगतका चुनावमा भारी मतान्तरले जित्दै आएका पौडेल २०७९ को निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग १ हजार ३७० मतान्तरमा चुनाव जितेका थिए । एमालेका पौडेलले २७ हजार १६५ मत ल्याएर विजयी हुँदा रास्वपाका पौडेलले २५ हजार ७९५ मत पाएका थिए । उक्त चुनावमा पौडेललाई हराउन महासचिव शंकर पोखरेल समूहले भूमिका खेलेको पार्टी नेता-कार्यकर्ताहरू बताउँछन् ।  अनलाइनखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP