Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

रास्वपा प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशमा विकासको विगुल फुक्ने

नेपाली कम्युनिस्ट पार्टी छाडेर रास्वपा प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशमा विकासको विगुल फुक्ने बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित रास्वपाको सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

यसअघिका नेतृत्वले धेरै भाषण गरेर मधेशको सपना जमिनमुनि गाडेको उल्लेख गर्दै ती सपनाहरूलाई ज्वालामुखीझैं विकासको विगुल फुकिने बताए ।

‘हिजो धेरै भाषण गरिए, तर मधेशी जनताको सपना यही जमिनमुनि गाडिएको छ । त्यो सपना यहाँको इमानदार नेतृत्व र निष्ठाले हामी सबैको प्रयासले यी गाडिएका सपना निकालेर ज्वालामुखीझैं मधेशबाट यो देशको विकासको विगुल फुकिनेछ भनेर म पनि रास्वपामा आएको छु,’ अन्सारीले भने ।

साथै, उनले रास्वपा सभापति रवि लामिछानेको त्याग र वरिष्ठ नेता बालेन शाहको क्षमताको उद्घोष मधेशले गरेको बताए ।

‘रास्वपा शान्तिले चिनिन्छ, निलो रङले चिनिन्छ । आज यो मधेशी भूमिमा मधेशको छोरा यो देशको नेतृत्वको केन्द्रमा देख्नका लागि रास्वपाले बनाएको मधेशको छोरा प्रधानमन्त्रीको रुपमा मधेशले देख्न चाहन्छ,’ उनले भने, ‘रवि लामिछानेको त्याग र बालेनको क्षमताको उद्घोष मधेशले गरिरहेको छ । मधेशले दुख चिनेको छ । मधेशले संघर्ष चिनेको छ । मधेशले संघर्ष गरेको छ । मधेशले परिवर्तनको शक्ति बुझेको छ ।’  अनलाइनखबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP