Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

निर्वाचन आयोगका अनुसार ६८ वटा दलले निर्वाचनमा उम्मेदवार

प्रत्यक्ष तर्फबाट निर्वाचित हुने १६५ सदस्यका लागि सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको छ ।

उमेरका दृष्टिमा ३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार बढी छन् ।

निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ५८३ छ । यो समूहमा महिलाको संख्या ६७ र पुरुष उम्मेदवारको संख्या ५१५ रहेको छ ।

३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका १ हजार ६१० जना उम्मेदवार रहेका छन् । यो समूहमा महिला उम्मेदवारको संख्या २३५ र पुरुष उम्मेदवारको संख्या १ हजार ३७५ जना रहेको छ ।

५१ देखि ६५ वर्षसम्मका उम्मेदवारको कुल संख्या १ हजार ९० रहेको छ । यो उमेर समूहमा महिलाको संख्या ९० छ भने पुरुष उम्मेदवारको संख्या १ हजार रहेको छ ।

६५ वर्ष माथिका उम्मेदवारको संख्या २०१ जना रहेको छ । यो उमेर समूहमा महिला उम्मेदवारको संख्या ३ र पुरुष उम्मेदवारको संख्या १९८ रहेको छ ।

निर्वाचन आयोगका अनुसार ६८ वटा दलले निर्वाचनमा उम्मेदवार उठाएका छन् ।   अनलाइनखबर

 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP