Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दाङ- २ मा माओवादीको समर्थन शंकर पोखरेललाई  

 

एमालेका महासचिव शंकर पोखरेल र माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

दाङ-२ र कालीकोटको प्रतिनिधिसभामा एकअर्काका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको नेकपा माओवादी दाङका इन्चार्ज सविन पोखरेलले जानकारी दिए ।

सहमति अनुसार दाङ-२ मा माओवादीले एमालेका उम्मेदवार महासचिव पोखरेललाई समर्थन गरेको छ । सोही सहमतिअनुसार उक्त पार्टीले दाङ- २ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छैन ।

माओवादी इन्चार्ज पोखरेलका अनुसार दाङ- २ मा उनीहरूका १ हजार ६ सय बढी पार्टी सदस्य छन् भने करिब ५ हजार शुभेच्छुक मतदाता भएको उनको दाबी छ । कालीकोटमा नेकपा महासचिव खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई उम्मेदवार बनाएको छ । त्यहाँ एमालेले प्रकाण्डलाई समर्थन गर्ने सहमति भएको छ ।

यो सहमति बारे एमालेका नेताहरू भने खुल्न चाहेका छैनन् । माओवादी इन्चार्ज पोखरेलले भने अहिले भएको मौखिक सहमतिलाई केहिदिनमै लिखित सहमति गर्ने तयारी छ । वैखरी 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP