Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गायिका ज्योति मगरले देशको राजनीति र बाह्य प्रभावबारे कडा टिप्पणी

गायिका ज्योति मगरले देशको राजनीति र बाह्य प्रभावबारे कडा टिप्पणी गरेकी छन्। उनले ‘नयाँ–पुरानो’को बहसलाई कटाक्ष गर्दै बारम्बार विदेशी एजेन्डा र संस्थाहरू एमसिसी, अमेरिकी यूथ काउन्सिल, ‘आरएडब्लु’, ‘सीआईए’, धर्मनिरपेक्षता वा हिन्दु राज्यको नाममा देशलाई प्रयोग गरिँदै आएको आरोप लगाएकी छन्।

उनले नयाँ र पुरानाको नाममा देश बेच्ने खेल भइरहेको बताउँदै यसको विरोध गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘अचेल सबैको मुखमा झुन्डेको एउटै साझा शब्द पुरानालाई हेरिसकियो एक चोटी नयाँलाई दिई हेरुम न देश, अनि मलाइ नि भन्नू मन लाग्छ नयाँ मात्र किन सिधै विदेशीको हातमा दिई हेरुम न एकैचोटि बेकारमा कैले एम.सि.सि. कैले बार्बारा कैले अमिरिकन युथ काउन्सिल कैले धर्म निरपेक्षता कैले हिन्दु राज्य कैले “रअ” कैले “सि.आइ.ए.” किन घुमिफुरि लामो बाटो गरेर किन देश बेच्नु एकै चोटि दिए हाइसुक्क न रहेगा बास न बजेगा बासुरी… ।’

नेपाल गरिब भए पनि कहिल्यै कसैको गुलाम नभएको इतिहास बोकेको स्वतन्त्र राष्ट्र भएको स्मरण गराउँदै मगरले अविवेकी उत्तेजना र भ्रम फैलाएर देश जलाउने काम नगर्न चेतावनी समेत दिएकी छन्।

उनले भनिन्, ‘यो देश भलै गरिब होला तर कैले कसैको गुलाम नभएको इतिहास बोकेको एक स्वाधीन र स्वतन्त्र राष्ट्र हो … खबर्दार कुनै भिजन नभयका अविवेकशिल झ्याक्ने हरु गाली गलौच, उत्तेजना र भ्रम छर्दै देश जलाउने, देश सकाउने र देश झुकाउने काम नगर्लास… यो देश हो कैले नयाँ कैले पुराना कैले इन्डिया कैले अमेरिका कैले “रअ” कैले “सि.आइ.ए” कैले “फ्री तिब्बत” हरूले प्रयोग गरी हेर्ने प्रयोगशाला होइन।’

आगामी चुनावका सन्दर्भमा उनले ‘नयाँ–पुरानो’ भन्दा पनि राष्ट्रवादी शक्तिले जित्नुपर्ने धारणा राखेकी छन्। ‘यो चुनाव नयाँ पुराना हलाना फलाना होइन राष्ट्रवादीले जित्नु पर्छ राष्ट्रले जित्नुपर्छ।’  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP