Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अध्यक्ष केपी शर्मा ओलीले ‘रविको चलाखीले बालेन फसेको

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘रविको चलाखीले बालेन फसेको’ बताएका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ का उम्मेदवार हुन् । सोही क्षेत्रमा रास्वपाले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाएको छ ।

पछि प्रधानमन्त्री बनाइदिने भनेर रास्वपा सभापति रवि लामिछानेले निस्किन नसक्ने गरी खाल्डोमा हाल्दिएको ओलीले आरोप लगाए । ‘उल्किने बानी रहेछ, रविको चलाखीले यहाँ लगेर फसाइदिए,‘ उनले भने ।

ओलीले बालेनले कुनै योगदान नगरेको पनि आरोप लगाएका छन् । ‘उहाँले यो काम गर्नुभएको, यो इतिहास, यो योगदान, यो बलिदान भन्ने छ ? यस देशमा लोकतन्त्र ल्याउन यति गर्नुभएको छ, विकास ल्याउन यति गर्नुभएको छ भन्ने केही छ ? छ भने मैले त थाहा पाएको छैन ,’ कान्तिपुरसँगको कुराकानीमा ओलीले भने, ‘बरु, सुकुम्बासीका बस्तीमा डोजर चलाउनु भएको होला । खोला किनारतिर मान्छे बस्नै दिनु भएन होला ।’

बालेनको उम्मेदवारीले कुनै प्रभाव नपर्ने पनि उनले बताए । बालेको झापामा कोही नभएको भन्दै ओलीले आफूले सहयोग गर्न चाहेको बताए । ‘मैले अस्ति पनि भनेँ, यहाँ डेरा खोज्दिनुपर्छ भने सहयोग गर्छु । मेरो ठाउँमा आएपछि त मसँग भेटेर ‘म चुनावमा आएँ, कहाँ बसौं ? कस्तो गर्दा राम्रो हुन्छ ?’ भन्या भए मै खोज्दिन्थेँ नि,’ ओलीले भने ।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP