Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्मेदवार

निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ।

शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्मेदवार छन्।

उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघनलगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको छ।

बालेनले दिएका अभिव्यक्तिविरूद्ध आयोगमा उजुरी परेको थियो।

निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी परेको थियो।

उजुरीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित पब्लिक डिबेटको सन्दर्भलाई लिएर बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको उल्लेख गरिएको छ।

त्यस क्रममा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको दाबी गरिएको छ।

साथै एमाले सचिव महेश बस्नेतविरूद्ध पनि उनले दिएका अभिव्यक्तिलाई लिएर उजुरी परेको हो।

उनले बालेन शाहले जनकपुरमा गरेको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको आरोप छ। एमाले सचिव बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ।

बालेनले भाषणमा ‘छौरा’ शब्द प्रयोग गरेका थिए। उक्त शब्दलाई महेशले गतल अर्थ लगाएपछि आलोचनासमेत भएको थियो।

साथै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई स्पष्टीकरण सोधिएको हो। ‘आज उहाँलाई स्पष्टीकरणको पत्र पठाइएको छ,’ आयोग स्रोतले भन्यो।

साथै स्वतन्त्र उम्मेदवारी दिएका कमल भुसाल (निकोलस) लाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

भुसालले दुई वटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको पाइएको भन्दै आयोगले चुनाव चिह्नसँग सम्बन्धित विषयमा स्पष्टीकरण सोधेको हो।  वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP