Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुदूरमा बालेनका ३ दिन: रास्वपा उम्मेदवार भेटे, मतदातासँग बोलेनन्

चुनावी प्रचारप्रसारमा सुदूरपश्चिम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले तीन दिनमा नौ वटै जिल्ला पुगेका छन्।

यस क्रममा उनले सुदूरपश्चिमका १६ वटै क्षेत्रका रास्वपाका उम्मेदवारसँग भेटघाट गरे। पश्चिमी शहर तराईको महेन्द्रनगदेखि हिमाली जिल्ला दार्चुला, बाजुरासम्मै उनलाई हेर्नेको भीड लाग्यो।

टीकापुर हुँदै माघ १३ मा कैलाली-२ पुगेका शाहलाई स्वागत गर्न नपाउँदा समर्थक निराश बने। बौनिया बजारमा रास्वपा पार्टी कार्यालयमा स्वागत गर्न पर्खिरहेका समर्थनलाई नभेटेरै गाडीबाटै हात हल्लाउँदै अघि बढेका थिए।

त्यही दिउँसो धनगढी पुगेका उनलाई पुष्पगुच्छा दिएर स्वागत गरिएको थियो। गाडीको ‘सनरुफ’बाट निस्किँदै हात हल्लाउँदै अघि बढेका थिए। उनले कुनै चुनावी भाषण गरेनन्। बरु रास्वपाका उम्मेदवार भेटेर चुनावी प्रचारप्रसारमा तीव्रता दिन सुझाए।

थोरैबेर उम्मेदवारसँग गफिए। खादामाला ओढाएर स्वागत गर्न खोज्दा खादा ओढेनन्, समात्दै सहयोगीलाई राख्न दिए। रास्वपाको कार्यालयमा पुगेर घण्टी बजाए, कतै राष्ट्रिय झण्डा पनि हल्लाए। धनगढीमा शाहले गितार बजाउँदै ‘नजाउ पर आउ वर’ गीत गुनगुनाउनसम्म भ्याए।

कैलालीपछि कञ्चनपुर प्रवेश गरेका उनले बेलौरीमा रास्वपा कञ्चनपुर-१ का उम्मेदवार जनकसिंह धामी र कार्यकर्तासँग भेटघाट गरेका थिए।

झलारीमा क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार दीपक बोहरासँगै स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरे। त्यसपछि कञ्चनपुर-३ को महेन्द्रनगर पुगेका थिए।

त्यही बेलुका नै महेन्द्रनगरबाट फर्केर उनी पहाड उक्लिए। माघ १४ गते बिहान पहाडी क्षेत्रमा हिउँ परिरहेको थियो। हिउँमा रमाउँदै अघि बढेका शाहले डडेल्धुराको साहुखर्कमा चर्चित खिर बाजेको पसलमा खिरको स्वाद लिए।

 

डडेल्धुराका रास्वपा उम्मेदवार डा.तारा जोशीसँग भेटघाट गर्दैै उनी बैतडीतर्फ लागेका थिए। कुनै चुनावी भाषण नगरेका बालेनले सुदूर पहाडको यात्रामा हिउँ परेको दृश्यलाई पृष्ठभूमि राखेर आफ्नो तस्बिर फेसबुकमा साझा गरे।

सुदूरपश्चिमेली भाषामै क्याप्सन लेखेर उनले सुदूरपश्चिम अब दूर नरहेको सन्देश दिन खोजे। ‘सुदूर अब दूर नाइ, झिक्कै झिक्कै माया तम्लाई’ उनले लेखेका थिए।

बैतडीमा रास्वपा उम्मेदवार हरिमोहन भण्डारीसँग छोटो साक्षात्कारपछि दार्चुलातर्फ अघि बढेका शाह मोटरसाइकल हुइकाउँदै गरेको देखिए। दार्चुलामा उनको बाजागाजासहित स्वागत गरियो।

दार्चुलाका रास्वपा उम्मेदवार राजेशसिंह सामन्तसँग भेटघाटपछि उनी बझाङतर्फको यात्रामा निस्किएका थिए। कतै आफै गाडी हुइकाउँदै अघि बढेका शाहले माघ १५ मा बझाङमा भेटघाट गरे। जेनजी सहिद सुवास बोहराको घरमा पुगेर परिवारसँग कुराकानी गरेका थिए।

बझाङको यात्राको क्रममा आगो तापिरहेको पनि देखिए। त्यसपछि बाजुरा पुगेका शाहलाई मार्तडीमा समर्थकले स्वागत गरेका थिए। मार्तडीमा केही मिनेट मात्रै बसेका उनी अछामको साँफेबगर हानिए।

अछाम-१ का उम्मेदवार ओमप्रकाश रावल भेटेर डोटीको दिपायलतर्फ लागेका थिए। राति सिलगढी पुगेका शाहलाई स्वागत गर्न समर्थकको घुइँचो लागेको थियो। अछाम-२ मा बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाह उम्मेदवार छन्।

त्यसपछि डोटीबाट अछामको मंगलसेन हुँदै उनी कमलबजार पुगेका थिए। स्वकीय सचिव भूपदेवको घरमै पुगेर परिवारसँग भेटघाट गरेका थिए। सुदूरपश्चिमको यात्रा सकेर आज शाह कर्णाली प्रदेश प्रवेश गर्नेछन्। वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP