Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बेंगलोरुले दोस्रो पटक जित्यो उपाधि

रोयल च्यालेन्जर्स बैंगलोरुले दोस्रो पटक वुमेन्स प्रिमियर लिग (डब्लुपिएल) को उपाधि जितेको छ। महिला फ्रेन्चाइज क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगितामा दिल्ली भने चौथो पटक फाइनलमा पराजित भयो। फाइनलमा बैंगलोरुले ६ विकेटको जित हासिल गर्‍यो।

वडोदरा स्थित कोटाम्बी स्टेडियममा २ बल बाँकी रहँदा दिल्लीले दिएको २०३ रनको लक्ष्य बैंगलोरुले पूरा गरेको थियो। यो महिला प्रिमियर लिग फाइनल इतिहासकै उच्च रनचेज हो। बैंगलोरुको जितमा कप्तान स्मृति मन्धनाले ४१ बलमा ८७ रन बनाउँदै १२ चौका र ३ छक्का प्रहार गरिन्। त्यस्तै, जियोर्गिया भोलले ७९ रन बनाउँदा यी दुईबीच तेस्रो विकेटका लागि १६५ रनको साझेदारी भएको थियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०३ रन बनाएको थियो। उसका लागि कप्तान जेमिमा रोड्रिग्वेजले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा लौरा वल्भार्डले ४४ तथा लिजेली लिले ३७ र सफाली वर्माले २० रन बनाइन्। त्यस्तै, चिनेली हेनरी ३५ रनमा अविजित रहिन्। वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP