Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

खेलमा अमेरिका २९ रनले पराजित

काठमाडौं : बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा चल्न नसक्दा अमेरिकाले आईसीसी टी–२० विश्वकपमा निराशाजनक सुरुआत गरेको छ।

शनिबार सम्पन्न खेलमा अमेरिका २९ रनले पराजित भएको हो। १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। योसँगै भारतले समूह ‘ए’मा दुई अंक जोडेको छ।

खेलको सुरुआतमै लगातार विकेट गुमाउँदा अमेरिका दबाबमा पर्‍यो।

एन्ड्रिज गाउस ६ र साईतेजा मुक्कामल्ला २ सस्तोमा आउट भए। कप्तान मोनाङ्क पटेल पनि खाता नखोली पभिलियन फर्किए।

माथिल्लो क्रम असफल भए पनि मिलिन्द कुमारले ३४ रनको उपयोगी इनिङ्स खेले भने सञ्जय कृष्णमूर्ति र शुभम रञ्जानेले आक्रामक ब्याटिङ प्रस्तुत गरे।

कृष्णमूर्तिले ३७ रन बनाउँदा रञ्जानेले मात्र २२ बलमा ३७ रन जोड्दै रनगति तीव्र पारे।

तर, अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा टोली ठूलो स्कोरतर्फ जान सकेन। अन्त्यतिर मोहम्मद मोहसिनले ८ रन जोडे भने शाडली भान स्काल्कवाइक २ रनमा अविजित रहे।

बलिङतर्फ मोहम्मद सिराजले सर्वाधिक ३ विकेट लिए। अरशदीप सिंह र अक्षर पटेलले समान २ विकेट लिए। एक विकेट वरुण चक्रवर्तीको नाममा रह्यो।

यसअघि वानखडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनको मध्यम लक्ष्य खडा गरेको थियो।

भारतीय कप्तान सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रन जोडे। ४९ बल खेलेका उनले १० चौका र ४ छक्का प्रहार गर्दै इनिङ्स सम्हाले।

तिलक बर्मा २५ रनमा आउट भए भने इशान किसनले २० रनको योगदान दिए। अक्षर पटेलले पनि १४ रन जोड्दै टोलीको स्कोर १६० पार गराए।

अमेरिकाका बलर शाडली भान स्काल्कवाइक सर्वाधिक सफल रहे। उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिँदै भारतीय ब्याटिङ लाइनअपलाई दबाबमा राखे।

हर्मित सिंहले २ विकेट हात पारे भने एक विकेट अलि खानको नाममा रह्यो।

शनिबार नै भएको खेलमा पाकिस्तानले नेदरल्याण्डलाई तीन विकेट तथा वेष्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रनले हरायो।

प्रतियोगिता अन्तरगत आज नेपाल र इङ्ल्याण्ड तथा श्रीलंका र आयरल्याण्ड भिड्नेछन्।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP