Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

टी-२० विश्वकप : नेपालले आज इङ्ल्याण्डसँग भिड्दै

काठमाडौं : शनिबारदेखि सुरु भएको टी(२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ।

मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसाथ मैदानमा उत्रनेछ।

इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना गर्न लागेको हो। इङ्लिस कप्तान ह्यारी ब्रुकले नेपाललाई कमजोर नसोचेको प्रिम्याच प्रेस कन्फरेन्समा बताएका छन्।

घरेलु क्रिकेटमा सम्पन्न इङ्ल्यान्डसँग सबै डिपार्टमेन्टमा उत्कृष्ट खेलाडी छन्। इङ्ल्यान्डसँग खेल्दा नेपालले आद्रता धेरै भएको मुम्बईमा कन्डिसनको फाइदा उठाउन सक्नुपर्ने हुन्छ।

मुम्बईको मैदान फास्ट बलरहरूका लागि सहयोगी मानिन्छ। यो मैदानमा धेरै स्विङ हुने भएकाले नेपालका लागि सोमपाल कामी र करण केसी प्रमुख हतियार हुनेछन्। यस्तै नन्दन यादवको प्रदर्शन खेलको केन्द्रमा रहनेछ।

७० मिटर बाउन्ड्री रहेको मैदानमा उच्च स्कोरको खेल हुने अपेक्षा गरिएको छ। ब्याटिङमा विश्ववरीयताको दोस्रो स्थानका रहेका फिल सल्ट र तेस्रो स्थानका जस बटलर नेपालका लागि ठूलो चुनौती हुन्।

नेपालको ब्याटिङ स्ट्रेन्थ भने ओपनर आशिफ शेख र कुशल भुर्तेलसँगै सन्दीप जोरा र लोकेश बमले आक्रामक खेल्न सक्छन् वा सक्दैनन् भन्नेमा निर्भर गर्छ । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीबाट जिम्मेवारीपूर्ण अलराउन्ड प्रदर्शनको आशा गरिरहँदा गुल्सन झाले क्यामियोमा राम्रो गर्न सक्नेछन्।

इङ्ल्यान्डले गत जनवरीमा भएको एसेज सिरिजमा ४(–१ को हार बेहोरेको थियो। त्यसअघि न्युजिल्यान्डसँगको सिरिजमा पनि सोचेझैँ नतिजा हात पार्न नसकेको यो टोली त्यसपछि श्रीलंकाविरुद्धका दुई सिरिजमा नै सानदार जित हात पारेपछि उच्च मनोबलका साथ विश्वकपमा आएको छ।

नौ पटक विश्वकपमा सहभागी हुँदा उसले सन् २०१० र २०२२ मा उपाधि जितेको थियो । हरेक पटक शीर्ष ८ मा परेको टोलीसँगको प्रतिस्पर्धा नेपालका लागि कठिन नै हुनेछ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP