Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र

कपिलवस्तु क्षेत्र नम्बर ३ मा जारी मतगणनाअन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर ५, ६ र ७ को मतगणना सम्पन्न भएको छ। हालसम्म कुल ५ हजार ६५२ मत गणना हुँदा ३१८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिशेष प्रताप शाह अग्रस्थानमा रहेका छन्। उनले २ हजार २३० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका इश्वर दयाल मिश्रा रहेका छन्। मिश्राले १ हजार ४५९ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा एमालेका विरेन्द्र कनोडियाले ७०५ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ६४१ मत प्राप्त गरेका छन्। नेकपा तारा पार्टीका एहसान खानले १०२ मत प्राप्त गरेका छन्।

हालको मतपरिणाम अनुसार नेपाली कांग्रेसका अभिशेष प्रताप शाह नागरिक उन्मुक्ति पार्टीका इश्वर दयाल मिश्राभन्दा ७७१ मतले अगाडि रहेका छन्।

बाँकी वडाको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP