Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा

इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा स्थान बनाएको छ।बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्याण्डमाथि ७ रनको रोमाञ्चक जित हासिल गर्दै भारतले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।सन् २०२४ मा भएको विश्वकपमा समेत भारतले फाइनलमा स्थान बनाउँनुको साथै उपाधि पनि जितेको थियो। योसँगै भारत चौथो पटक फाइनल पुगेको हो।भारत यसअघि २ पटक च्याम्पियन भइसकेको छ। भारतको जितमा सञ्जु स्यामसनले ४२ बलमा ८९ रन बनाउँदा हार्दिक पाण्ड्याले महत्वपुर्ण २ विकेट लिएका थिए।भारतले दिएको २५४ रनको विशाल लक्ष्यको नजिक पुगे पनि इङ्ल्याण्डले जित हासिल गर्न सकेन। इङ्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउँन सक्यो। इङ्ल्याण्डका जेकोब बेथहेलले शतक बनाएपनि हार टार्न सकेनन् । उनले ४८ बलमा ८ चौका र ७ छक्काको सहयोगमा १०५ रनको सर्वाधिक योगदान दिए।विल ज्याक्स २० बलमा ३५, साम करन १४ बलमा १८, जस बटलर १७ बलमा २५ तथा टम बेन्टन ५ बलमा १७ रनमा आउट भए।भारतका लागि हार्दिकले २ तथा अर्शदिप सिंह, जसप्रित बुमराह, बरुण चक्रवर्ती र अक्षर पटेलले समान १ विकेट लिए ।त्यसअघि मुम्बईको वानखडेमा टस जितेको इङ्ल्याण्डले बलिङ रोजे पछि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको विशाल योगफल बनाएको थियो ।भारतका लागि ओपनर स्यामसनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे । शिभम दुवेले २५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४३ रन बनाए । इशान किशन १८ बलमा ३९ तथा तिलक बर्मा ७ बलमा २१ रनमा आउट भए ।इङ्ल्याण्डका लागि विल ज्याक्स र आदिल राशिदले समान २ तथा जोफ्रा आर्चरले १ विकेट लिए । भारत सन् २०२४ मा भएको गएकोसंस्करणको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गरि च्याम्पियन भएको थियो ।विश्वकपको आयोजक राष्ट्र रहेर फाइनलमा स्थान बनाउँने भारत दोस्रो राष्ट्र हो। यसअघि सन् २०१२ मा श्रीलंकाले यो उपलब्धी हासिल गरिसकेको छ।भारतले उपाधीका लागि आइतबार पहिलो सेमिफाइनलको विजेता न्युजिल्याण्डसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP