Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विजयनगरमा भान्सा सुधार कार्यक्रम, स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २५ चैत्र ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका अन्तर्गत आयुर्वेद शाखाको आयोजनामा गृहिणीहरूका लागि भान्सा सुधार सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार वडा नम्बर ६ बद्धाैरमा वडाभित्रका गृहिणीहरूलाई भान्सा सुधार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हाे ।

कार्यक्रममा घरमै तयार गरिने दैनिक खानालाई थप स्वास्थ्यकर, पोषणयुक्त र सुरक्षित बनाउने उद्देश्यले साे कार्यक्रमकाे आयाेजना गरिएको आयुर्वेद शाखाकी प्रमुख बिमला कुमारी चाैधरीले जानकारी दिइन् । कार्यक्रममा सहभागी गृहिणीहरूलाई सन्तुलित आहारको महत्व, खाना पकाउने सही तरिका, पोषण तत्वको संरक्षण गर्ने उपाय, भान्साको सरसफाई तथा खाद्य सुरक्षा सम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले भान्सा परिवारकाे मुटु भएको बताउँदै स्वस्थ समाज निर्माणका लागि घरको भान्साबाटै परिवर्तन सुरु गर्नुपर्ने बताए । उनले गृहिणीहरूलाई परिवारको स्वास्थ्यको आधारस्तम्भको रूपमा चित्रण गर्दै पोषणयुक्त खाना तयार गर्ने जिम्मेवारी अझ महत्वपूर्ण भएको उल्लेख गरे । अध्यक्षले यस्ता कार्यक्रमहरूले स्थानीय तहमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र दीर्घकालीन रूपमा रोगको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले यस्ता प्रशिक्षणले दैनिक जीवनमा उपयोगी ज्ञान प्राप्तिमा टेवा पुग्ने बताइन् । उनलेे सिकेका सीप र जानकारीलाई घरमा लागू सबै सहभागीहरुलाई अनुरोध गरिन् ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जाेड दिए ।  यसले समुदाय स्तरमै स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका निर्वाहमा मदत पुग्ने विश्वकर्माकाे भनाई छ  ।

अभिमुखीकरण कार्यक्रमलाई आयुर्वेद चिकित्सक नलिननाथ तिवारी र बिमला कुमारी चाैधरीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP