Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विजयनगरमा स्थानीय युवा परिषद गठन

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २७ चैत्र ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा स्थानीय युवाहरूको सहभागिता र नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले १८ सदस्य स्थानीय युवा परिषद गठन गरिएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषदका नीति अनुसार गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको नेतृत्वमा स्थानीय युवा परिषद गठन गरिएको हो ।

गठित परिषदमा अध्यक्ष थापासँगै उपाध्यक्षमा घनश्याम भर र सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखाका शिव कुमार चौधरी चयन भएका छन् । सबै क्षेत्रबाट प्रतिनिधित्व हुने गरी परिषदमा सदस्यहरू समावेश गरिएको छ ।

युवा परिषद गठनमा कोइका र युएनएफपीएको सहयोग रहेको छ भने प्राविधिक सहयोग प्लान इन्टरनेशनल र हुरेक नेपालले प्रदान गरेका छन् । हुरेक नेपालका फिल्ड अफिसर रमजान शाहका अनुसार परिषदले स्थानीय युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले युवा परिषदमार्फत युवाहरूलाई नीति निर्माण र विकास प्रक्रियामा जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमलाई हुरेक नेपालका जिल्ला परियोजना संयाेजक मनिषा शाही त्रिपाठीले कार्यक्रमलाई सहजीकरण गरेकी थिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP