Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पीएम कपमा आज दुई खेल हुँदै

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट (पीएम कप) मा आज दुई खेल हुदैछन्।

नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुदैछ। जारी खेलमा पुलिस क्लबको ७ खेलमा ९ अंकसहित तेस्रो स्थानमा रहेको छ भने सुदूरपश्चिम ८ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ।

आजै हुने अर्को खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच पर्सामा खेल हुदैछ।

गण्डकी प्रदेशको ७ खेलमा ५ अंक रहेको छ र हाल आठौँ स्थानमा छ। त्यस्तै लुम्बिनी प्रदेशको ६ खेलमा ७ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ।

सिंगल राउन्ड रोबिनका आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्।

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्। नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २–२ पटक जितेका छन्। पुलिस डिफेन्डिङ च्याम्पियन हो।

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ । थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP