Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

अमेरिका र इरानबीच फेरि वार्ता हुने पाकिस्तानको विश्वास

काठमाडौं : पाकिस्तानले इरान र अमेरिका बीचको वार्ताको अर्को चरण चाँडै सुरु हुन सक्ने जनाएको छ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफका अनुसार युद्धविराम कायम रहनु र सकारात्मक अवस्था देखिनुका कारण वार्ता अघि बढ्ने सम्भावना रहेको हो।

यसअघि प्रधानमन्त्री शहबाज शरीफले पनि युद्धविरामले संवादका लागि आधार तयार पारेको बताएका थिए।

यसैबीच, इरान र अमेरिका बीच युरेनियम संवर्धन रोक्ने विषयमा मतभेद कायमै रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले पाँच वर्षका लागि संवर्धन रोक्ने प्रस्ताव राखेको भए पनि अमेरिकाले २० वर्षको माग गरेको छ।

अघिल्लो चरणको वार्ता निष्कर्षविहीन रहे पनि कूटनीतिक पहल जारी रहेको संकेत गरिएको छ। अमेरिकाले इरानको परमाणु गतिविधिलाई मुख्य चिन्ताको विषय मान्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु हतियार हासिल गर्न नदिने दोहो¥याउनुभएको छ । साथै, उपराष्ट्रपति जेडी वेंसले इरानले समुद्री मार्गमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै आवश्यक परे कडा कदम चाल्ने संकेत गरेका छन्। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP