Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपाली कांग्रेसले ‘एक महिने जरा अभियान’ सुरु

काठमाडाैँ : नेपाली कांग्रेसले ‘एक महिने जरा अभियान’ सुरु गरेकाे छ। क्रियाशील सदस्यता अद्यावधि गर्नको लागि आज (मंगलबार)बाट अभियान थालिएकाे हाे।
सभापति गगन थापाले आफ्नो वडा काठमाडौँ महानगरपालिका ३० मा क्रियाशील सदस्यता अद्यावधि गरी अभियानकाे शुभारम्भ गरे। अभियान वैशाख मसान्तसम्म जारी रहने छ।

अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ।
पार्टीको सदस्यता अध्यावधिक गर्न आफ्नो वडामा आफैँ जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
विगतमा अरुले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गरिएकाे कांग्रेस नेताहरूले बताएका छन्।
यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। तर इतर समूहले याे नियमकाे विराेध गरेकाे छ। थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP