Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आर्मी राष्ट्रिय खो खो च्याम्पियन

काठमाडौं : नेपाल आर्मीले राष्ट्रिय खो खो प्रतियोगितामा आफ्नो दबदबा बनाएको छ।

कीर्तिपुरस्थित कभर्ड हलमा भएको आठौँ पुरुष र सातौँ महिला खो खो प्रतियोगितामा आर्मी च्याम्पियन बनेको हो। दुवै टिमले ट्रफीसहित ७५–७५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे।

पुरुष खो खोको फाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई १९–१६ ले पराजित गर्‍यो। यसै गरी महिला खो खोको उपाधि भिडन्तमा पनि आर्मीले लुम्बिनीलाई १६–४ ले निराश बनायो।

दुवै विधामा उपविजेता बनेको लुम्बिनीले कप र पदकसहित ५०–५० हजार रुपियाँ प्राप्त गरे। यसै गरी दुवै विधामा बागमती प्रदेशले तेस्रो पुरस्कारसहित २५ हजार रुपियाँ प्राप्त गर्‍यो।

प्रतियोगितामा नेपाली आर्मीका खेलाडी दीपा विक उत्कृष्ट डिफेन्डर र विष्णु थारू उत्कृष्ट एट्याकर चुनिनुभयो। लुम्बिनी प्रदेशका भरत सारू पनि उत्कृष्ट डिफेन्डर घोषित भए।

उत्कृष्ट सबै खेलाडीले जनही १० हजार रुपियाँ पुरस्कार पाए। उनीहरूले जनही १० हजार रुपियाँ प्राप्त गरे।

चार दिनसम्म सञ्चालित प्रतियोगिता अन्तर्गत पुरुषतर्फ आठ र महिलातर्फ सात टिमले प्रतिस्पर्धा गरेका थिए।

कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले विजेता टिम तथा खेलाडीलाई पुरस्कृत गरे। उनले खो खो खेलको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसै गरी नेपाल खो खो सङ्घका अध्यक्ष प्रदीप महर्जनले यो प्रतियोगिताले खो खो खेलाडीको क्षमता अभिवृद्धि गर्न सहयोग गरेको बताए। यसै गरी खो खो सङ्घका महासचिव शङ्कर महर्जनले विजयी टिम तथा खेलाडीलाई बधाई दिए। ने

पाल खो खो विश्वकपको उपविजेता हो। भारतमा भएको पहिलो विश्वकपमा नेपालले पुरुष र महिला दुवै विधाको फाइनल खेलेको थियो। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP