Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराज नगरपालिकाको बजेट सार्वजनिक : पत्रकार केसी सम्मानित

माधव बेल्बासे

चन्द्रौटा,६साउन

कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७।७८ को बजेट सार्वजनिक गरेको छ । मंगलवार नगरपालिकाको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा रु ९६ करोड ७६ लाख २७ हजार ६ सय ५० को बजेट प्रस्तुत गरिएको छ ।

आर्थिक वर्ष ०७७।७८ को शिर्षकगत बजेट अन्र्तगत नगरस्तरीय योजना कार्यक्रमको लागि रु ३ करोड ८५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै नगर स्तरिय विविध कार्यक्रम अन्तरर्गत १४ करोड ७५ लाख राखिएको छ । गत आव वाट यस आवमा सारिएका १४ करोड ६७ लाख ५९ हजार ६ सय ५० को काम यस वर्ष हुने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

वडा स्तरीय योजनामा रु ६ करोड ५० लाख,सामाजिक विकास तर्फ ३ करोड ७९ लाख ६ हजार,महिला लक्षित कार्यक्रमको लागि रु १ करोड ७० लाख ४ हजार बिनियोजन गरिएको छ । त्यस्तै वालवालिका तथा किशोर किशोरी लक्षित कार्यक्रम अन्र्तगत रु १ करोड ८० लाख,अपांगता लक्षित कार्यक्रममा रु ६० लाख खर्च गरिने भएको छ । त्यस्तै कृषि विकास कार्यक्रममा रु १ करोड,पशु विकास कार्यक्रममा रु १ करोड,स्वास्थ्य क्षेत्रमा २ करोड ५० लाख खर्च गर्ने योजना रहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेको उक्त बजेटमा नगरको आय तर्फ संघ बित्तिय समानिकरण रु १७ करोड १६ लाख,संघको शर्सत अनुदान रु ३२ करोड ४६ लाख,प्रदेश सर्शत अनुदान रु १ करोड ७८ लाख ५० हजार रहेको छ ।त्यस्तै संघ राजस्व वाडफाड रु १३ करोड २२ लाख, आन्तरिक स्रोत २३ करोड २३ लाख ७३ हजार ६ सय ५० रहेका छ । नगरपालिकाले गत आव ०७६।७७ मा चालु खर्च अन्तर्गत ८३.७३ प्रतिशत र पुजिगत अन्तर्गत ५४.८४ प्रतिशत खर्च गरेको अधिकृत पौडेलले बताउनुभयो ।

नगरपालिकाले जम्मा कुल बजेटको ६७.२७ प्रतिशत रकम खर्च गरेको उहाँले बताउनुभयो । कोरोना भाइरसका कारण धेरै कार्यक्रमहरु सम्पन्न हुन नसकेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख अधिकारीले कोरोना ब्यापस्थापनमा निकै चुनौतीको सामना गर्नु परेको भन्दै यस आर्थिक बर्षका विकास निर्मााण्को काम तीब्र गतिमा लैजाने जानकारि दिनु भयो । पुर्वधार, स्वास्थ्य, शिक्षा रोजगारीलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन भएको बताउनुभयो । उपप्रमुख शिवकुमारी थारुले गत आवमा महिला लक्षित कार्यक्रम अन्तर्गत कतिपय कामहरु हुन नसकेकोले यस वर्ष कार्यक्रमहरु गरिने बताउनुभयो ।

त्यस्तै शिवराज नगरपालिकाले विकास पत्रकारीता पुरस्कार अन्तर्गत रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसी(कुवर)लाई सम्मान गरेको छ । लामो समयदेखि पत्रकारीता गर्दै आएका केसिलाई नगद रु १० हजार नगद सहित सम्मान पत्रले नगरप्रमुख अधिकारीले सम्मान गर्नुभएको हो । सम्मान गर्दै अधिकारीले नगरका पत्रकारहरुले विकासका गलत काममा खबरदारी र नगरले गरेका कामलाई संचारमाध्यम सम्म पु¥याउन आग्रह गर्नुभयो । नगरले वार्षिक रुपमा नगरको विकास काम बारे कमल चलाउने उत्कृष्ट पत्रकारलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP