Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कर्णाली प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार (आज) पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । दैलेखको आठबीस नगरपालिका वडा नम्बर १ का दुई महिलासहित ११ जना रहेका छन् । उनीहरु ४ देखि ४१ वर्षका छन् । सोही नगरपालिकाको वडानम्बर ७ का एकजना पुरुष संक्रमित भएका छन् ।

यस्तै, दैलेखकै महाबु गाउँपालिका –१ का १४ देखि ७३ वर्षका ८ जना पुरुष रहेका छन् । महाबुकै वडानम्बर ३, ४ र ५ का ४९ देखि ७० वर्षका तीनजना पुरुष पनि संक्रमित भएका छन् । दैलेखका अर्का एकजना संक्रमित डुङ्गेश्वर गाउँपालिका–१ का पुरुष हुन् ।

यस्तै सुर्खेतका संक्रमित भेरीगंगा नगरपालिका १, ४ र ८ नम्बर वडाका तीनजना पुरुष र चौकुन गाउँपालिका वडानम्बर ७ का दुई महिला रहेका छन् । एकजना सल्यानको छत्रेश्वरी गाउँपालिका–३ का ३८ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स्क्रमितको संख्या १८१३ पुगेको छ ।

हालसम्म प्रदेशमा १५५२ जना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबारमात्रै ६ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या २५५ रहेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP