Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बकर इदमा सार्वजनिक विदा दिएको प्रदेश सरकारले जनै पूर्णीमामा विदा दिएन

File photo

विहीबार परेको जनैपूर्णिमा तथा ऋषितर्पणी पर्वको अवसरमा प्रदेश सरकारले विदा दिएको छैन् । आज भन्दा चार दिन अगाडी मुस्लिम समुदायको बकर ईदमा सार्वजनिक विदा दिएको प्रदेश सरकारले हिन्दुहरुको महत्वपूर्ण पर्वमा विदा नदिएको हो । प्रदेश सरकारले जनै पूर्णीमामा सार्वजनिक विदा नदिए पछि चौतर्फि आलोचना भएको छ । यद्यपि प्रदेश नं। २ सरकारले भने आज सार्वजनिक विदा दिएको छ ।

यता प्रदेश सरकारले विदा नदिए पनि प्रदेशका कतिपय स्थानीय तहले विहीबार विदा दिएका छन् । जसमा गुल्मी, दाङ र अर्घाखाँची रहेका छन् । यी तीन जिल्लाका कतिपय स्थानीय तहमा आज विदा दिइएको छ । प्राप्त समाचार अनुसार गुल्मीका ५ वटा स्थानीय तहले रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लामा रहेका २ नगरसहित १० वटा गाउँपालिकामध्ये ५ गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर बिदा दिने निर्णय गरेका हुन् ।
बिहीबार साउन ३० गते परेको रक्षा बन्धनको अवसरमा रुरु गाउँपालिका, सत्यवति गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरवार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । गाउँपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाका अन्य स्थानीय तहले भने बिदा दिएका छैनन् ।

File photo

यता जनैपूर्णिमाको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा बिदा दिइने भएको छ । हिन्दुहरूको महत्त्वपूर्ण चाडका रूपमा रहेकाले सरकारले बिदा कटौती गरे पनि स्थानीय बिदा समायोजन हुने गरी बिदा दिइएको शिक्षा समिति संयोजक देवराज विकले बताए ।

संयोजक विकले सामुदायिक र संस्थागत सबै विद्यालयमा बिदा दिइएको जानकारी गराए । ’विद्यार्थीको मागलाई ध्यानमा राखेर हामीले स्थानीय आवश्यकताको बोध गर्दै बिदा दिएका हौँ’ संयोजक विकले भने । शिक्षा समितिले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विभिन्न समयमा बिदा दिँदै आएको छ ।

उता अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले स्थानीय सरकारको अधिकार कार्यन्वयन गर्दै रक्षाबन्धनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दूहरुको महान पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो ।

त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिकाले पनि बिहीबार जनैपूर्णिमाका दिन बिदा दिने निर्णय गरेको अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP