काठमाडौं । सुदूरपश्चिममा शुक्रबार थप २६ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र १७ पुरुष गरी थप २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ८ महिला र ८ पुरुष गरी १६ जना, टीकापुर नगरपालिकाका १८ महिने बालकसहित ६ पुरुष, एक महिला, बझाङको मष्टा–१ का एक पुरुष, छब्सिपाथिभरा–७ का एक पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का एक पुरुषमा संक्रमण देखिएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ३७ पुगेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया