Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कोरोना भएमा घरमै पनि बस्न सकिन्छ, तर स्वास्थ्य सम्बन्धी यी मापदण्ड पालना गर्नुपर्छ

काठमाण्डौ – कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । घना बस्ती भएका काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा सङ्क्रमण बढिरहेको छ । सरकारले कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले थप सतर्क रहन आग्रह गर्दै आएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण डाक्टर लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ । 

बिहीबार तीन सय ६० जना थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । सङ्क्रमितमध्ये १५ हजार ३ सय ८९ निको भएका छन् । कोरोना सङ्क्रमण पुष्टि हुँदैमा अस्पताल भर्ना हुनु पर्दैन । सरकारले अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका, सङ्क्रमणको लक्षण नभएका र सामान्य लक्षण भएका सङ्क्रमित घरमा नै बस्न सक्ने जनाएको छ । 

र पछिल्लोपटक सङ्क्रमण देखिएका कतिपय घरमै बसेका छन् । घरमा बस्न पालना गर्नुपर्ने मापदण्ड यसअघि नै जारी भैसकेको छ ।

‘सङ्क्रमितको संख्या थपिँदै जाँदा र गम्भीर लक्षण भएका बिरामी पनि थपिन थाले भने सबैलाई अस्पताल राख्न सम्भव हुँदैन’ स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले भन्नुभयो, ‘नेपालमा सङ्क्रमित हुनेमध्ये झण्डै ८० प्रतिशतमा कुनै लक्षण देखिएको छैन, त्यस्ता लक्षण विनाका सङ्क्रमित आफैँले स्वास्थ्य मापदण्डको पालना गरी घरै बस्न सक्नुहुन्छ ।’ तर यसरी घरमै आइसोलेसनमा बस्दा आफ्नो तथा अन्य व्यक्तिको समेत स्वास्थ्यमा ख्याल गर्दै बस्नुपर्छ ।

घर आइसोलेशनमा रहन सक्ने अवस्था 

कोरोना संक्रमणको कुनै लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्तिहरु आफ्नै घरमा बस्न र उनीहरुलाई घरमा नै राख्न सकिन्छ । तर सङ्क्रमितले घरमा बस्दा वा घरमै राख्न चाहेमा मन्जुरीनामा गराउनुपर्छ ।

घरमा बस्ने सङ्क्रमितले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

लक्षण नदेखिएका सङ्क्रमित विशेष सावधानी अपनाउँदै घरमा बस्न सक्ने गरी सरकारले मापदण्ड जारी गरेको छ । 

घरमा आइसोलेशनमा बस्ने सङ्क्रमित तथा सङ्क्रमितका परिवारका सदस्यले पनि मास्क लगाउने, दूरी कामय गर्ने, बेला बेला साबुनपानीले हात धुने लगायतका स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने डाक्टर कार्कीले बताउनुभयो । मापदण्डमा सङ्क्रमित घरमै बस्दा पालना गर्नुपर्ने केही नियमहरू उल्लेख छ ।

१) पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्छ ।

२)उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्रीको परिवारका सदस्यमार्फत मगाउने ।

३)खानपानमा सावधानी अपनाई पर्याप्त मात्रामा पानी, झोलिलो र पोषिलो खानेकुरा खानुपर्छ ।

४)संक्रमितले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्नुपर्छ ।

५) स्नानघर या शौचालयको छुट्टै व्यवस्था मिलाउने ।

६) स्नानघर या शौचालय सामुहिक रुपमा प्रयोग गर्नुपर्ने भएमा सङ्क्रमितले प्रयोग गरेपछि सङ्क्रमणमुक्त बनाएर प्रयोग गर्ने ।

७) हातधुने बेसिन, दाँत माझ्ने ब्रस लगायतका सामानहरु छुट्टै ठाउँमा राखेर प्रयोग गर्ने 

८) ढोका, ढोकामा ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरु जुन धेरै व्यक्तिले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरु सङ्क्रमणमुक्त बनाउने

९) घरमा हातधुने साबुन र पानीको पर्याप्त व्यवस्था गरी सबै सदस्यले समय समयमा हात सफा गर्ने 

१०) भाँडाकुँडा र कपडा सफा गर्दा सकेसम्म पञ्जा लगाएर धुने

११) सङ्क्रमित, सङ्क्रमितको हेरचाहमा खटिनेले अनिवार्य मेडिकल मास्क प्रयोग गर्ने

१२) सङ्क्रमितले दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने

१३) सङ्क्रमित स्वयंले वा हेरचाहमा खटिनेले स्वास्थ्य अवस्थाबारे दैनिक कम्तीमा २ पटक सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउने ।

१४) भेटघाट सकेसम्म नगर्ने र गर्नुपर्ने खण्डमा दूरी कायम गर्न नबिर्सने ।

कोरोना सङ्क्रमण छ, सामान्य रुघाखोकी र ज्वरो मात्रै छ या स्वास्थ्यमा खासै असर गरेको छैन भने घरमै बस्न सकिन्छ । त्यसका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरी घरमै बस्ने छुट्टै व्यवस्था गर्नुपर्ने हुन्छ ।

‘घरमा जेष्ठ नागरिक, गर्भवती, सुत्केरी भएकाहरुले थप सचेत बन्नुपर्छ’ डाक्टर कार्कीले भन्नुभयो,‘घरमा बढी जोखिममा रहने समूहहरु जस्तै दीर्घरोगी, ६० वर्षमाथिका जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी भएको खण्डमा सङ्क्रमितबाट टाढा राख्नुपर्छ ।’

डाक्टर कार्कीका अनुसार सङ्क्रमितलाई कुनै जटिल अवस्था देखिए स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ । जटिल अवस्थाका लक्षणहरु :

१) श्वासप्रश्वासमा कठिनाइ

२) छाती दुखेमा वा भारी महशुस भएमा

३) ओठ तथा अनुहार नीलो देखिएमा

४) होस हराएमा

५) अरु कुनै समस्या देखिएमा

घरमा बसेका सङ्क्रमितको अनुगमन गर्न सम्बन्धित पालिकाले ५० जना बराबर एक स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

यसरी घरमै आइसोलेशनमा बसेका सङ्क्रमित कम्तीमा १४ दिन बस्नुपर्नेछ । होम आइसोलेशनमा बसेको १४ दिनपछि डाक्टर वा स्वास्थ्यकर्मीको सल्लाहमा छुटकारा पाउन सकिन्छ ।

लक्षण नदेखिएको अवस्थामा आइसोलेशनमा बसेको १४ दिनपछि र सामान्य लक्षण देखिएको भए थप ३ दिनपछि मात्रै बाहिर निस्कन मिल्ने डाक्टर कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP