Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

गाउँपालिकाको बजेट आफ्नो र परिवारको खातामा राख्ने लेखापालसहित चार जना पक्राउ

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । 

गाउँपालिकाको बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेर भ्रष्टाचार गरेको आरोपमा लेखापाल हेमन्त केसी, लेखा सहायक सुवास केसी, विकास केसी र भीमसेन केसीलाई प्रहरीले पक्राउ गरेको हो । 

गएराति कागजात मिलाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो ।

पक्राउ परेका विकास स्थायी शिक्षक हुन् भने लेखापालका भाइ हुन् । सुवास र भीमसेन लेखापाल हेमन्तका भतिजा हुन् । गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा कार्यदल बनाएर आइतबारदेखि छानबिन सुरु गरिएको थियो ।

गाउँपालिकाको वडा ५ की सदस्यसमेत रहेकी श्रीमतीको खातामा राहत तथा सहयोग र घरभाडा शीर्षकमा ८ लाख ८६ हजार रकम जम्मा गरेको भेटिएको छ ।

त्यसैगरी लेखापाल केसीले भतिज सुवास केसीको खातामा ७ लाख ९१ हजार जम्मा गरेका छन् । लेखापाल केसीले यो रकम सुवासको तलब र भत्ताको भएको बताएको छानबिन कार्यदलले जनाएको छ । लेखापाल केसीले आफ्नो नाममा समेत ८ लाख रुपैयाँ निकासा गरेका छन् । 

छानबिन हुँदै गर्दा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, उनकी श्रीमती बिर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम भने फिर्ता गरेका छन् । तीन दिनमा ४ पटक गरी गाउँपालिकाको खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता भएको छ ।

साउन १६ गते ७ लाख ८२ हजार ५ सय ९५, साउन १९ गते ६ लाख र त्यसै दिन ८ लाख ५९ हजार ७ सय ७७ तथा साउन २१ गते २ लाख ५० हजार रुपैयाँ गाउँपालिकाको खातामा जम्मा भएको हो । यी ३ जनाको खाताबाट रकम गाउँपालिकाको खातामा जम्मा भएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष ०७६/०७७ मा विभिन्न शीर्षकको झण्डै २५ लाख रकम लेखापाल केसीले आफू, श्रीमती र भतिजाको खातामा जम्मा गराएको विषयमा जिल्ला प्रशासन कार्यालयले समेत छानबिन थालेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP