Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

भक्तपुर मालपाेत अस्तव्यस्त : कर्मचारी भन्छन्, ‘कलम र टेप किन्ने पैसा छैन, मास्क र स्यानिटाइजर कसरी किन्ने ?’

भक्तपुर – भक्तपुर जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले सुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालय पुग्दा त्यहाँको सेवा अस्तव्यस्त देखिएको हो । 

दैनिक एक हजारभन्दा बढीको भिड रहने मालपाेतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क थिएन । न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजर नै । 

सेवाग्राहीका लागि राखिएको हेल्प डेक्स खाली थियो । सेवाग्राहीको भिडले सामाजिक तथा भौतिक दुरी कायम गरिएको थिएन । कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्न सक्ने अवस्था थिएन । सुरक्षाको कुनै प्रत्याभूति थिएन । एक जना मात्रै कोरोना भाइरस सङ्क्रमित भेटिए त्यहाँ सयौँलाई कोरोना सङ्क्रमण फैलिने जोखिम थियो । 

यसबारेमा अनुगमनको नेतृत्व गर्नुभएका जिल्ला समन्वय समिति (जिसस) प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार्नुभयो ।  

प्रमुख मालपोत अधिकृत भण्डारीले भन्नुभयो, ‘कार्यालयको भवन नै सेवाग्राहीमैत्री छैन, अर्कोतर्फ कहीँ कतैबाट पैसा र थप बजेट आउँदैन, कलम किन्ने पैसा हामीसँग छैन, सियोको धारमा जागिर खाएर बसको छौँ, उल्टै हामीलाई दोष दिन्छन् ।’

अहिले पनि कार्यालयमा दैनिक ११ सयभन्दा बढी सेवाग्राहीको भिड रहने गरेको बताउदै उहाँले कलम किन्ने पैसा नहुने मालपोत कार्यालयले सेवाग्राहीलाई हात धुने र स्यानिटाइजरको व्यवस्था गर्न नसक्ने बताउनुभयो । कोरोनाको जोखिम रोक्ने जिम्मेवारी कार्यालयको नभएको बताउँदै उहाँले सेवाग्राही आफै सचेत हुनुपर्ने बताउनुभयो । 

‘म प्रमुख भएरै कलङ्की मालपोत कार्यालयलाई नमुना र उत्कृष्ट बनाएँ, भक्तपुर आएपछि यो पनि बनाउँछु भनेको बजेट छैन, यहाँ केही गर्न सकिनँ’, प्रमुख भण्डारीले भन्नुभयो, ‘लेखापढीले फाइल पल्टाउने परम्परागत यो अफिसमा काम पनि परम्परावादी नै छ, यो सिस्टम चेन्ज गर्न गाह्रो छ ।’ 

सरकारले पालिका तहमा मालपोत पठाउने भनेपछि कार्यालयले एक पालिकाका तीन जना कर्मचारीलाई तालिम दिन थाले पनि यो प्रभावकारी नहुने उहाँको दाबी छ । लामो समयदेखि काम गर्ने मालपोतका कर्मचारी अझै सिक्दै रहेको र लेखापढीको सहयोग लिनुपर्ने परम्परामा पालिकाका कर्मचारीलाई सामान्य तालिमले केही प्रभाव नुहने उहाँको भनाइ छ ।

कार्यालयका नासु कुलबहादुर बस्नेतले मालपोतका कर्मचारीलाई हेर्ने नजर गलत भएकाले नयाँ कर्मचारी मालपोत सरुवा भएर आउन नचाहने बताउनुभयो । बिहानैदेखि काम गरे पनि कर्मचारीलाई कुनै सेवा सुविधा नपाउने गरेको अनुगमन टोलीसँग उहाँले गुनासो गर्नुभयो । 

‘राजस्वमा बस्ने कर्मचारीले बिहान आएर काम गर्दा शत प्रतिशत भत्ता पाउने, त्यहीँ काम गर्दा हामीले खाना खाने पैसा पनि नपाउने’, नासु बस्नेतले भन्नुभयो, ‘यहाँ एउटा कलम, टेप किन्ने पैसा छैन, मास्क, स्यानिटाइजर किन्ने पैसा खै ?, नलुकाइ भन्दा हामी चन्दा मागेर चलेका छौँ, पालिकाले पैसा लान्छन् तर खै न सरकारले हेर्छ, न पालिकाले नै ।’ 

यो कार्यालयले अहिले दैनिक झण्डै एक सय रजिस्ट्रेसन, पाँच लगत दाखिल, ६ नामसारी, १५ हालसावी, तीन संशोधन र राजस्व सङ्कलनको काम गर्दै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा कार्यालयले कुल एक अर्ब ७९ करोड चार हजार एक सय ११ राजस्व सङ्कलन गरेकोमा जग्गा रजिस्ट्रेसनबाट मात्रै एक अर्ब पाँच करोड ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख भण्डारीले जानकारी दिनुभयो । 

आव २०७६/०७७ मा नगरपालिकामध्ये भक्तपुरलाई दुई करोड ८९ लाख ६९ हजार, मध्यपुर थिमिलाई ११ करोड ७२ लाख ९७ हजार, सूर्यविनायकलाई १९ करोड ४६ लाख तीन हजार र चाँगुनारायणलाई २१ करोड ९२ लाख ९० हजार रुपैयाँ राजस्व बाँडफाँड गरेको छ । प्रदेशतर्फ ३७ करोड ६१ लाख सात हजार रुपैयाँ राजस्व बाँडफाँड भएको छ ।

अनुगमनपछि जिसस प्रमुख गेलालले कार्यालयमा फ्लेक्स राख्न, हेल्प डेक्समा मान्छे राख्न, कुशल व्यवस्थापन गर्न र बजेट नभए कार्य योजनासहित नगरपालिकाहरुसँग बजेट माग गर्न निर्देशन दिनुभयो ।

नापी कार्यालयको पनि अनुगमन    

जिससको अनुगमन टोलीले नापी कार्यालय भक्तपुरको अनुगमन गर्दा कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार विष्ट कार्यालयमा नभए पनि प्रमुखको कार्यकक्ष, मुख्य सर्भर कम्प्युटर, फाइन खुला राखेर दुरुपयोग गरेको पाइएको छ । नापी अधिकृत हरिकृष्ण भुजुले कार्यालय प्रमुख मिटिङमा गएको बताए पनि कार्यकक्षमा सबै कुरा खुला रहनु प्रमुखको लापर्वाही भएको स्वीकार्नु भयो । 

कार्यालयमा दैनिक एक सयको हाराहारीमा सेवाग्राही आउने गरेको बताउदै फिल्डमा जाने कर्मचारी कम हुँदा जग्गा हालसावी एवं नापी गर्न जान समय लाग्ने गरेको बताउनुभयो । जग्गा कित्ताकाट भने नरोकिएको र नियमअनुसार आउनेको कित्ताकाट भइरहेको उहाँले बताउनुभयो ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP