काठमाण्डौ – भारतमा कोरोना सङ्क्रमित र ज्यान जानेको संख्या दैनिक रेकर्ड बन्न थालेको छ ।
भारतमा एकैदिन ६७ हजारमा कोरोना पुष्टि भएको छ । ९ सय ४२ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा ६६ हजार ९ सय ९९ जना नयाँ बिरामी थपिएसँगै भारतमा सङ्क्रमितको संख्या २३ लाख ९६ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाका कारण ४७ हजारभन्दा धेरैको ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
भारतमा अहिलेसम्म १६ लाख ९५ हजारभन्दा धेरै निको भएका र ६ लाख ५३ हजारको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया