Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गाउँपालिका अध्यक्ष थापाले गरेको उत्कृष्ट कार्य देखेर विदेशबाट आमाछोरीको सहयोग

असोज २७ विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले उत्कृष्ट कार्य गरेको देखेर साउदी अरवियाबाट एक आमाछोरीले आर्थिक सहयोग गरेका छन् । सहयोग स्वरुप आएको रुपियाँ सोमवार थापाले आफै मुस्लिम गल्र्स कलेजकामा पुगी शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति विच कलेजलाई हस्तान्तरण गर्नु भएको छ । अझै यस मुस्लिम गल्र्स कलेजलाई आफु पनि सक्दो सहयोग गरिरहने बताउनु भयो ।

केही समय अगाडी गाउँपालिका अध्यक्ष थापाले आफ्नो फेसबुकमा मुस्लिम गल्र्स कलेज स्थापनाको फोटो हाल्नु भएको थियो । यसरी उक्त कार्य देखेर मुस्लिम गल्र्स कलेजको फोटो देखेर साउदी अरबियाबाट आमाले १ हजार र छोरीले ५ सय अरवियन रियाल अर्थात ४४ हजार ६ सय ३० रुपियाँ नेपाली सहयोग गरेका हुन् ।

गाउँपालिका अध्यक्ष थापाले मुस्लिम समुदायका छोरीहरुलाई पनि शिक्षाको मूल धारमा ल्याउनका लागि मदरसा जामिया रजबिया लिलबनात मुस्लिम गल्र्स कलेजको स्थापना गर्न विशेष कदम चाल्नु भएको थियो ।

उक्त मुस्लिम गल्र्स कलेज गाउँपालिकाको वडा नं. ४ डगडौवामा स्थापना गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नफिस खाँले खुसी हुँदै जामिया रजबिया लिलबनात मुस्लिम गल्र्स कलेजलाई सहयोग गरेको भन्दै गाउँपालिकाका अध्यक्ष थापा र आमाछोरीलाई धन्यवाद व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP