Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कृष्णनगर घटना : १० बुँदे सहमतिसँगै मूर्ति विर्सजन, कर्फ्यु कायमै

कपिलवस्तु, कात्तिक १५
कपिलवस्तुमा दुई पक्षबीच भएको झडपका कारण रोकिएको मूर्ति विर्सजन १० बुँदे सहमति भएसँगै विर्सजन गरिएको हो ।

बिहीबार राति २ बजेतिर दुवै पक्षबीच सहमति भएपछि कर्फ्युकाबीच सुरक्षा घेराबन्दीमा लक्ष्मीको मूर्ति विर्सजन गरिएको थियो ।

बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि लगाइएको कृष्णनगर क्षेत्रको कर्फ्यु अवस्था हेरेर घटाइने कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।

झडपकाक्रममा भारतीय नागरिक सुरजकुमार पाण्डेको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । उनी विगत ५ वर्षदेखि कृष्णनगरमा चियापसल सन्चालन गरेर बसेका थिए ।

सहमति भएका बुँदामा क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल शाहलाई कानुनी कारबाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्युलाई क्रमशः घटाउँदै लैजाने लगायत रहेको प्रशासनले जनाएको छ ।

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP