Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

बहादुरगन्ज खानेपानी संस्थानले उपभोक्तालाई दूषित पानी खुवाउदै

निरहु यादव, भदौ २९

नेपाल खानेपानी संस्थान बहादुरगन्जले वितरण गरेको खानेपानी खाने योग्य नरहेको उपभोक्ताले जनाएका छन ।

सरकारले स्वस्थ खानेपानी उपलब्ध गराउन ‘पानीको स्रोत मुहान देखि मुखसम्म स्वस्थ र स्वच्छ खानेपानी’ को नीति अवलम्बन गरेको छ। तर,बहादुरगन्ज,दयानगर र डबरावासीका लागि यो नीति लागू हुनसकेको छैन।

एक हप्ता देखि धारामा फोहोर धमिलो पानी आइरहेको उपभोक्ताले जानकारी गराएका छन । दूषित पानी खादा सम्भावित झाडापखाला र हैजा लगायतका रोग हुन सक्ने सम्भावना बढी भएकोले त्सय बाट बाच्न केही उपभोक्ताले हैन्डपाइपको पानी लिन अर्काको घरमा पुग्ने गरेका छन भने धेरैले त्यही दूषित पानी खाने गरेका छन ।

यस बिषयमा बुझ्न् खोज्दा सो वितरण केन्द्रका इन्चार्ज दिनानाथ रजकले केही दिन देखि दूषित पानी वितरण भएको स्वीकार गर्नुभयो । सडक बिस्तार हुने क्रममा ठाउँठाउँमा पाइपलाइन काटिए पछि नयाँ पाइप लाइन बिस्तार गरिएको र अझै नयाँ पाइप लाइन बिस्तार गर्ने क्रममै छ ूउहाले भन्नु भयोूनयाँ पाइप लगाइए पनि जहाँ नयाँ बिछ्याउन सकिए छैन त्यहाँ पुरानो पाइप लाइनमा जोडिएकोले त्यस्तो हुनपुगेको हो र त्यो एकदुई दिन मै सुधार गर्ने समेत रजकले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP