Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

‘शुज सेन्टर’मा जाँगरिली सुस्मिता : पसिना बगाएर खान के को लाज !

लमजुङ – सुन्दरबजार नगरपालिका कार्यालय अगाडि रहेकाे श्याम सुज सेन्टरमा हाँस्दै हाँस्दै जुत्ता, चप्पल सिलाउनमा व्यस्त देखिनुहुन्छ सुस्मिता गोतामे ।

लाजका साथै समाजले हेय दृष्टिले हेर्ला कि भन्ने सोचेर पुख्र्यौली पेशाबाट टाढिने युवाको संख्या धेरै छऽ तर त्यही भिडमा ‘काम सानो, ठूलो हुँदैन’, ‘काममा महिला-पुरुष भन्ने हुँदैन’भन्ने सोचका साथ पुख्र्यौली पेशालाई व्यवसायमा बदलेर अगाडि बढिरहनुभएको छ उहाँ । 

काम गरेर खान के को लाज !

‘जुत्ता,चप्पल सिलाएर राम्रै कमाई भएको छ । दुःख गरेर, पसिना बगाएर खान के को लाज?’, जुत्ता सिलाउँदै सुस्मिताले भन्नुभयो ।

मनमा जोस जाँगर, हातमा सीप लिएर, कुनै उद्यम गरी आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने सोचका साथ अगाडि बढिरहनुभएकी सुस्मिताको कर्म देखेर धेरैले तारिफ गर्छन् । स्याबासी दिन्छन् ।

‘दुईचार पैसाको लागि अरुको भर पर्नहुँदैन । सिप सिकेर व्यवसायगर्न सके महिला पनि आफ्नै खुट्टामा उभिन सक्छन्’, उहाँले भन्नुभयो, ‘मैले जुत्ता, चप्पल सिलाएरै राम्रो कमाइ गरिरहेको छु । मेरो काम देखेर धेरैले खुशी मान्नुहुन्छ । स्याबासी दिनुहुन्छ ।’

सुस्मिताले एकजोर जुत्तासिलाएको १ सय २० रुपैयाँ, चप्पल सिलाएको एक सय रुपैयाँ, झोलामा चेन फेरेको १ सय रुपैयाँ, झोलाको चेनको गोटी फेरेको ३० रुपैयाँ लिनुहुन्छ । 

जुत्ता, चप्पल सिलाउन आउने कतिपयले सुस्मिताको कामप्रतिको लगन देखेर उहाँको हौसला बढाउन बढी रकमसमेत दिने गर्छन् ।

‘पहिले–पहिले त मलाई जुत्ता, चप्पल सिलाउन दिन धेरैले गाह्रो मान्थे’, सुस्मिताले भन्नुभयो, ‘अहिले त धेरै जुत्ता, चप्पल सिलाउन आउनुहुन्छ । मेरो काम देखेर हौसला बढाउन कतिपयले लाग्नेभन्दा बढि रकम समेत दिनुहुन्छ ।’

श्रीमानबाट सिप आर्जन 

जुत्ता, चप्पल सिलाउने व्यवसायमा सुस्मिता र उहाँका श्रीमान रवि गोतामे सँगै काम गर्नुहुन्छ । सुस्मितालाई जुत्ता, चप्पल सिलाउने सीप पनि श्रीमानले नै सिकाउनुभएको हो । 

सुस्मिताले जुत्ता, चप्पल सिलाउ नथालेको ५ वर्ष भइसकेको छ । ‘मैले यो सीप श्रीमानबाट सिकेकी हुँ । हामी श्रीमान–श्रीमती दुवै यसमा खटिन्छौँ,’ उहाँले भन्नुभयो, ‘श्रीमान् नहुँदा म र म नहुँदा उहाँको भरमा व्यवसाय चल्दै आएको छ ।’

दुवै जना पसलमा हुँदा जुत्ता चप्पल सिलाउन आउनेको संख्या झनै धेरै हुने उहाँ बताउनुहुन्छ ।

‘दुवैले काम गर्दा धेरै जुत्ता, चप्पल सिलाउन सकिन्छ । त्यसैले हामी दुवै जना पसलमा हुँदा जुत्ता, चप्पल सिलाउन आउनेको संख्या धेरै हुन्छ,’ सुस्मिताले भन्नुभयो ।

बिहेपछि व्यवसाय सुरु

२०७० सालमा गाउँशहरकी सुस्मिता र परेवाडाँडाका रवि गोतामेको मागी विवाह भएको हो । बिहे गरेपछि गोतामे दम्पत्तिको काँधमा जिम्मेवारी थपियो । रविको नियमित काम नहुँदा घर–व्यवहार चलाउन सकस भयो । 

‘बिहे गरियाे, जिम्मेवारी झनै थपियो । काम सधैँ चल्दैनथ्यो, भरपर्दो आम्दानीको कुनै श्रोत थिएन,’ रविले भन्नुभयो, ‘घरको गर्जो टार्न समस्या हुँदै गयो ।’

बिहे अगाडि परदेशमा जागिरे जीवन बिताउनुभएका रविले घर फर्केर बिहे गरेपछि ‘आफ्नै लगानीमा, व्यवसाय सुरु गर्नुपर्छ’ भन्ने सोचका साथ जुत्ता–चप्पल मर्मतका साथै बिक्री गर्ने व्यवसाय सुरु गर्नुभयाे । 

उहाँहरुले सुरुमा घरमै जुत्ता–चप्पल सिलाउने काम गर्नुभयो । यसबाट महिनाको ८-१० हजार कमाइ त हुन्थ्यो । तर यति कमाइले गर्जो टार्न समस्या नै भयो । 
त्यसपछि, उहाँहरुले घरमा चलिरहेको व्यवसाय छोडी तनहुँको मानेचौकामा जुत्ता, चप्पल सिलाउने व्यवसाय सञ्चालन गर्नुभयो ।

व्यवसायबाटकमाई नभएतापनिउहाँहरुले कत्तिपनि हरेश खानु भएन । लगत्तै, उहाँहरुले यहीव्यवसाय सुन्दरबजारमा सुरु गर्नुभयो ।

विदेशमा हुने कमाइ स्वदेशमै

सुन्दरबजारमा सञ्चालित व्यवसायबाट उहाँहरुले मनग्यकमाउँदै आउनुभएको छ । जुत्ता, चप्पलसिलाएर दैनिक १२ सय देखी १५ सयसम्मकमाइहुँदै आएको सुस्मिता बताउनुहुन्छ ।

‘गर्न सके यसै व्यवसायबाट गुजारा चलाउन सकिन्छ,’ २२ वर्षे सुस्मिताले सुनाउनुभयो, ‘विदेशमा हुने कमाइ स्वदेशमै भएको छ । हामीखुशी छौँ । यसै व्यवसायलाई अघि बढाउने हाम्राे सोच छ ।’

गोतामे दम्पत्तिले यसै व्यवसायबाट सजिलै गुजारा चलेकाे छ । उहाँहरुले आफ्नो छोरा रिजन र छोरी श्वेतालाई एक निजी स्कूलमा पढाउनुभएकाे छ ।
उहाँहरुले जुत्ता, चप्पलमर्मत गर्नुका साथै उहाँले नयाँजुत्ता, चप्पल पनि बिक्री गर्दै आउनुभएको छ ।

यस शुज सेन्टरमा जुत्ता–चप्पल मर्मत गर्न सुन्दरबजार, खत्रीठाँटी, दुराडाँडा, कुन्छा, परेवाडाँडा, मानेचौकालगायतका ठाउँबाट मानिसहरु आउने गर्छन् ।

पुख्र्यौली पेशालाई व्यवस्थित र व्यावसायीकरण गर्न सके यसैबाट मनग्यकमाउन सकिने गोतामे दम्पती बताउँछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP