Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आगलागी हुदा ४३ जनाको मृत्यु

file photo

एजेन्सी

भारतको दिल्लीस्थित रानी झाँसीमा रहेको अनाज मन्डीमा आइतबार बिहान भएको आगलागीमा परी ४३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा ५० जनाको उद्धार गरिएको छ।

अनाज मन्डीमा रहेको एक कागज उद्योगमा आइतबार बिहान आगलागी हुँदा ४३ जनाको ज्यान गएको हो। प्रारम्भिक जानकारीअनुसार आगलागी विद्युत् सर्ट भएर सुरु भएको थियो। उद्धार कार्य अहिलेसम्म पनि जारी रहेको जनाइएको छ। घाइतेहरूको स्थानीय अरुएमएल अस्पताल र हिन्दू राओ अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

आगलागीको खबर आएपछि आगो निभाउन १५ वटा दमकल घटनास्थलमा पुगेका थिए। मजदुरहरू भित्र सुतिरहेको बेला आगलागी हुँदा धेरैको ज्यान गएको अनुमान गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ट्विटरमार्फत् उनले भनेका छन्, ‘दिल्लीको अनाज मन्डीमा लागेको आगलागीको घटना निकै डरलाग्दो छ। मेरो संवेदना उनीहरूप्रति छ, जसले आफन्तजन गुमाएका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। प्रशासनको तर्फबाट सम्भव भएसम्मको मद्दत भइरहेको छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP