Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१६ दिने अभियान तथा ७१ औ अन्तर्राष्टिय मानव अधिकार दिवस सम्पन्न ।।

शारदा के.सी. कपिलवस्तु
अन्तर्राटिय लौङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन समारोह कार्यक्रम तथा ७१ औ अन्तर्राष्टिय मानव अधिकार दिवस सम्पन्न भएको छ । ’समानताको पुस्ता बलत्कार विरुद्ध एकबद्धता’ भन्ने नाराका साथ कपिलवस्तु जिल्लामा लैङ्गिक हिंसाविरुद्धको १६ दिन सम्म संचालन भएको थियो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ ।

कपिलवस्तु नगरपालिका र जवाफदेहिता निगरानी कपिलवस्तुको आयोजना संगै गैसस महासंघको समन्वय तथा सहज परियोजना माहुरी होम , यु.एन.एफ.पि.ए, ईन्द्धेणि,शिद्धार्थ सामाजिक संस्था,मिडियाको सहयोगमा सनसाईन सामाजिक बिकास संस्था रहेको थियो । समापन कार्यक्रममा कपिलवस्तु नगरपालिकाले १२ जनालाई सम्मान गरेको थियो ।

जस्मा संचारमा रेडियो परिवर्तनका कार्यक्रम प्रमुख तथा सञ्चारीका समुह कपिलवस्तुका सचिव शारदा के.सी. नेपाल पत्रकार महासंघ प्रदेस सदस्य ओरीरा चौरसीया, नेपाल वाल गृहका सभापति राजु प्रसाद अर्याल, बाल कलयाण समितिका पुर्व उपाध्यक्ष हरिराज शर्मा, साथी संस्थाका संयोजक बिमला पौडेल, मायादेवि सहमारी सस्थाका अध्यक्ष सिता पाण्डे, महिला स्वास्थ्य स्वयमसेविका सान्ता अर्याल गिता श्रीवास्तव, गैसस उपाध्यक्ष जय प्रमास पाण्डे, शिवराज नगरपालिकाका वडाध्यक्ष,महाराजगंज नगरपालिकाका वडाध्यक्ष ,शुद्धोधन गाउपालिकाका वडाध्यक्ष लगाएतलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य रिना नेपालले लैङ्गिक हिंसा शुन्यता तथा अन्त्यका लागि एक हुनु पर्ने बताउनु भयो ।

जिल्ला समन्वय समितिका उपसभापति तारा कुमारी चौधरीले लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो । किरण सिहंले नगरमा लैङ्गिक हिंसा अन्तयका लागि नगरपालिका सधै लागि पर्ने बताउनु भयो । कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिहंको अध्यक्षता, प्रदेस सभा सदस्य रिना नेपालको प्रमुख आथित्यता रहेको थिया ।

अतिथिहरुमा प्रदेस सभा सदस्य फौजिया नसीन, प्रदेस सभा सदस्य शान्ति देवि बर्मा, प्रदेस सभा सदस्य रुन्धावती देबि शर्मा, जिल्ला समन्वय समितिका सभापति नारायन खनाल, जिल्ला समन्वय समितिका उपसभापति तारा कुमारी चौधरी,कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मि गुप्ता, कपिलवस्तु सामाजिक बिकास सल्लाहकार सुरेन्द्रराज लम्साल,नेपालवाल गृहका सभापति राजु प्रसाद अर्याल र गैसस,संघ संस्था लगाएत रहनु भएको थियो । नन्दराम पौडेल, पार्वती पाण्डे, प्रहरी उपरीक्षकले कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।

ए डब्लु सि का संयोजक राम दयाल ठाकुरको स्वागत रहेको कार्यक्रमको संचालन माहुरी होमका महा सचिव माया ज्ञेवालीले गर्नु भएको थियो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP