Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विद्यालयको सौचलय दुर्गन्धित , प्रयोग गर्दैनन विद्यार्थी

माधव बेल्वासे / कपिलवस्तु
शिवराज नगरपालिका वडा ८ मा रहेको एक माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुले सौचालय प्रयोग गर्दैनन । विगत ६ महिना देखी सौचालय सरसफाई नहुदा सौचालयमा विद्यार्थीहरु दिसा पिसाव गर्न जान वाट वन्चित रहेका छन । अहिले विद्यार्थीहरुले सौचालयको रुपमा खुल्ला आकास मुनी जथाभावी रुपमा दिसापिसाव गर्ने गरेका छन । विसनपुरमा रहेको वालज्योती माध्यमिक विद्यालयमा रहेको २ वटा सौचालयको परिसरमा जान सक्ने अवस्था छैन । सौचालय भित्र वाहिर सौच भएका कारण विद्यार्थीहरु सौचालयमा दिसा पिसाव गर्न वाहिर जाने गरेको छन ।
माध्यमिक तह सम्म अध्यापन हुने उक्त विद्यालयमा भएको लापरवार्ही विद्यार्थीहरलाई असर परिरहेको छ ।

उक्त विद्यालयमा अध्यानरत एक विद्यार्थीले सौचालय प्रयोग नगर्ने गरेको वताएका छन । सौचालय जान सक्ने अवस्था छैन त्यसैले हामी वाहिरनै जान्छौ उनले भने । उक्त विद्यालयका शिक्षक शिक्षिकाको लागी भने छुटै सौचालयको व्यावस्था छ । त्यो सौचालय शिक्षक शिक्षिक वाहेक अन्यले देख्न पाउदैनन । माध्यमिक तह सम्म पढाई हुने उक्त विद्यालय व्यावस्थापनको चरम लापारवार्हीले विद्यालयको अवस्था अस्तव्यस्त रहेको पाइएको छ ।
केहि समय अघि विद्यालयका प्रअ घुस सहित रगेहात पक्राउ परेका कारण विद्यालय अहिले प्र अ विहिन छ । विद्यालयमा प्रअ नभएपछी शिक्षक शिक्षिकालाई विद्यालयको प्रशासन संचालन गर्न कठिनाई भएको पाइएको छ । सामान्य खर्चमा सौचालय सफाई गर्न सकिने भएपनि नगरपलिकाको अनुगमन कमजोर विद्यालय प्रशासनको लापरवार्हीको कारण विद्यालय परिसर नै दुर्गन्धित छ । विद्यालय वरपर पलाष्टिकका कागज,कापिका पान्ना,सुर्तिका कागजहरु यत्रतत्र छरिएर रहेका छन । विद्यालयमा प्रअ नहुदा विद्यालय संचालनमा कठिनाई भएको वडा अध्यक्ष संकर अहिरले वताए । विद्यालय संचालनको लागी समस्या छ,२ महिना देखी प्रअ छैनन शिक्षकले गर्ने अधिकारका कुराहरु पनि हुने भएकोले ग्राह्रो भएको उनले वताए ।

शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थिले व्यावस्थापन समिति र शिक्षकको लापरवार्हीले विद्यालय दुर्गन्धित भएको स्विकार गरे । नगरको दक्षिणि भेगमा रहेका केहि विद्यालयको अवस्था जटिल रहेकोले यसको लागी नगरपालिकाले अनुगमन गरि कडाईका साथ लाग्ने उनले जनाए । चुनावी आचार संहिता का कारण प्र अको विषयमा समस्या भएको हो अव केहि दिनमै विद्यालय सुधारको अवस्था देख्नुहुन्छ उनले भने । यता विद्यालय व्यावस्थापन समितिकाको मिति सकिएकोले समिति अहिले निस्कृय भएको पाइएको छ । विद्यालय र स्थानिय सरकारले लापरवार्ही, विद्यार्थीहरु अनुशासनहिन हुदाँ विद्यालयको अवस्था माथि प्रश्न उठेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP