Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवपुर बालमैत्री वडा घोषणा

कपिलवस्तु, २८ मंसिर ।

शिवराज नगरपालिका वडा नं. १ भव्य कार्यक्रमका बीच बालमैत्री स्थानीय असल शासन वडा घोषणा भएको छ । स्थानीय भेषभुषा, बाजागाजा, संस्कृतिसहित वडा कार्यालय प्राङ्गणबाट ¥याली निकाली नेपाल आदर्श माविको प्राङ्गणमा आयोजित एक समारोहबीच वडालाई बालमैत्री घोषणा गरिएको हो । शिवराज १ बालमैत्री वडा घोषणासँगै जिल्लामा बालमैत्री घोषणा भएको वडा ४ पुगेको छ । शिवराज नगरपालिकाको वडा नं. ९ जिल्लाको पहिलो बालमैत्री घोषणा भएको वडा हो । त्यसपछि जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० लाई क्रमशः दोस्रो र तेस्रो बालमैत्री वडा घोषणा भएका थिए । चौथो बालमैत्री वडाको रुपमा शिवराज १ घोषणा भएको हो ।

वडाध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ ले निर्दिष्ट गरेका सेवा प्रवाह सम्बन्धी २७ सूचक र संस्थागत विकास सम्बन्धी १२ सूचक गरी कूल ३९ वटा सूचक पूरा भएको जानकारी गरेसँगै वडा नं. १ बालमैत्री स्थानीय असल शासन वडा घोषणा भएको हो । प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष जि.सी.ले राष्ट्रिय रणनीति र कार्यन्वयन कार्यविधि २०६८ बमोजिम बालबालिकाको सर्वाङ्गीर्ण विकासका साथै बालअधिकार सुनिश्चितताका सम्पूर्ण सूचक पूरा भएको बताएका छन् । अब हरेक गाउँ टोलमा बाल सञ्जाल गठन गरी अभियानलाई सार्थक बनाउने वडाध्यक्ष जि.सी.ले विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले बालबालिकालाई नैतिक शिक्षा र संस्कारका कुरा सिकाउनुपर्नेमा जोड दिए । प्रदेश सांसद के.सी.ले हरेक बालबालिकाका साथै अभिभावकलाई समेत अहिले नैतिक शिक्षा र संस्कार सिकाउनुपर्ने अवस्था आएको औल्याए । उनले असल व्यक्तित्वहरुको सिद्धान्तलाई अवलम्बन गरी अगाडि बढे मात्र अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे । बालमैत्री वडा घोषणाले मात्र पूरा नहुने बताउँदै प्रदेश सांसद के.सी.ले हरेक नागरिकको व्यवहार परिवर्तनका लागि अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति संयोजक नारायण प्रसाद खनालले कपिलस्तु सामाजिक क्षेत्रमा पछाडि परेको औल्याउँदै अवको लगानी सामाजिक क्षेत्रमा हुनुपर्नेमा जोड दिए । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शिवराज १ लाई बालमैत्री वडा घोषणामा अहोरात्र खट्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै नमूना वडा बनाउन सम्पूर्ण वडाबासी लाग्नुपर्ने जिकिर गरे । राज्यले परिकल्पना गरेको “सुखी नेपाली समृद्ध नेपाल” लाई साकार पार्न अभियानले ठूलो सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले संस्कार परिवर्तन आफैंबाट शुरुवात गर्नुपर्ने बताइन् । उनले वडा तथा नगरभित्र हुने बालहिंसा, बालविवाह, बालश्रम जस्ता घटना हुन नदिन सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् ।

कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष रामबहादुर चौधरी, नेपाल आदर्श माविका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेल, सेभ द चिल्ड्रेनका राजेन्द्र तुलाधर, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा, स्वास्थ्यकर्मी लेखनाथ पौडेल, समाजसेवी मधुसुदन पोख्रेल, बालसंजालका करण थारु लगायतले अभियान सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा सहयोग पु¥याउने व्यक्तित्व, संघसंस्थाहरुलाई कदर पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । बालबालिकाहरुले गीत नृत्य, कविता प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP