Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

प्रसुति सेवा केन्द्र उद्धघाटन


माधव बेल्बासे
कपिलवस्तुको शिवराज नगरपालिका वडा न. ६ बिरपुर स्वास्थ्य चौकीमा प्रसुति सेवा केन्द्र उद्धघाटन गरिएको छ । नगरप्रमुख नेत्रराज अधिकारी बुघवार रिवन काटेर सेवा केन्द्रको उद्धघाटन गर्नुभएको छ । प्रसुति सेवा संचालनमा आएसगै यस क्षेत्रका गर्भवती महिला प्रसुति गराउन बाहिर जानुपर्ने वाध्यता हटेको छ ।
कार्यक्रममा नगर प्रमुख अधिकारीले नगरका सबै नागरिकहरुको पहुचमा प्रसुति गृह संचालन गर्ने उद्देश्यले बिरपुरमा संचालनमा ल्याइएको बताउनुभयो । केन्द्र संचालनमा आएपछि वडा न ६,७,८ र १० बस्ने गर्भवती महिलाहरु छोटो समयमै स्वास्थ्य संस्थामा पुग्न सकिने बताउनुभयो । प्रसुति केन्द्रले नागरिकलाई थप सहज पुग्ने विश्वास व्यक्त गर्दे स्वास्थ्य चौकीलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारुले नगरका सबै महिलाहरुले प्रसुति सेवा केन्द्रमा प्रसुति गराउनुपर्ने बतानुभयो । सानो लापरवार्हीले बच्चा र आमाको ज्यान जान सक्ने भएकाले स्वास्थ्य स्वेयमसेविकाले बढी ध्यान दिनुपर्ने बताउनुभयो ।
विरपुर स्वास्थ्य चौकी स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष तौलेश्वर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारी,उपप्रमुख शिवकुमारी थारु,स्वास्थ्य शाखा प्रमुख चरामडी भट्टराई, वडा अध्यक्षहरु अनुप कुमार चौधरी,मन्जु मिश्र,संकर अहिर लगाएतको सहभागिता रहेको उक्त कार्यक्रम विरपुर स्वास्थ्य चौकीका प्रमुख प्रमोद ज्ञावलीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP