Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भिजिट मधेश बिना भिजिट नेपाल सफल नहुने : ग्लोबल संयोजक सरार्फ

भिजिट मधेश अभियान लाई सफल बनाईने उपप्रमुख सबनम खातुनको प्रतिवद्धता

कपिलवस्तु , माघ ७ ।

नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० भिजिट मधेश बिना सफल नहुने भिजिट मधेशका ग्लोबल संयोजक प्रमोदराज सर्राफको भनाई छ ।


तराईका २२ जिल्ला मध्ये १२ जिल्लामा भिजिट मधेश २०२० को उदघोष गर्दै १३ औं जिल्ला कपिलवस्तुका पर्यटकिय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न हामी आफै लाग्नु पर्ने भिजिट मधेश संस्थाका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफको भनाई थियो । कार्यक्रमको प्रमुख अतिथिमा मुस्लिम समुदायबाट प्रदेश ५ का स्थानीय तह मध्ये नगरउपप्रमुखमा निर्वाचित सबनम खातुनले कृष्णनगर नगरपालिकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा लगानी गर्दै आएको र अगामी दिनमा पनि सहयोग र सहकार्य गरि राख्ने प्रतिवद्धता दिनुभयो। कार्यक्रममा लायन्स क्लबका ड्रिस्ट्रिक गर्भनर दिनेशचन्द्र गुप्ताले गुनासो पोख्दै कपिलवस्तु लगायत मधेशका विभिन्न जिल्लाका पर्यटकिय स्थलहरुमा नेपाल सरकारको ध्यान जान नसकेका कारण समाजिक, आर्थिक तथा भौतिकरुपमा पछाडि परिएका छौं भनी अभियानकर्ता तथा भिजिट मधेशका ग्लोबल संयोजक प्रमोदराज सर्राफलाई ध्यानाकर्षण गराएका थिए ।त्यसतै नेपाल सरकारले अष्ट्रेलिया , अमेरिका लगायतका देशबाट लाख पचास हजार पर्यटक ल्याउन क्यामपेन गर्नुभन्दा विश्वको दोस्रो ठुलो जनसंख्या रहेको भारतका पर्यटकलाई अकर्षित गर्ने व्यवस्थान गरे भिजिट नेपाल २०२० सजिलै सफल हुने समाजबादी पार्टीका प्रदेश ५ प्रवक्ता अकरम रहमान पठानले बताए ।

चर्चित टिभि कार्यक्रम लोकस्टार सिंग्ङि आईडलको पांचौ स्थानमा पुगेका गीतकार तथा भिजिट मधेशका कल्चरल एम्बेसडर रविराज साहले अभियन्ता आनन्द गुप्ता रचित गीत ूचलो मधेश, घुमो मधेशू सुनाई कार्यक्रमलाई मनोरन्जित पारेका थिए भने उर्दुको सायरीसंगै मन्तव्य राख्दै मदरसा बोर्डका प्रदेश ५ उपाध्यक्ष मौलना महसुद नेपालीले भिजिट मधेश अभियानमा मुस्लिम समुदायको कला ,संस्कृति तथा धरोहरलाई समेत समेटना जोडदार माग गरेको थिए ।
कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य रामबरण यादव,उद्योग वाणिज्य संघ कृष्णनगरका सचिव पंकज गुप्ता, शिक्षक अनिल श्रीवास्तव,वडाध्यक्ष संजय गुप्ता, स्थानिय तथा भारतीय संचारकर्मी , सुरक्षा निकायका प्रतिनिधि एवं जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
संचारकर्मी सनिउल्लाह धोबीको संचालनमा कार्यक्रमको अध्यक्षता जिल्ला सयोजक अंकुश श्रीवास्तवले गर्नुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP