Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

विजयनगरमा गायत्री महायज्ञ एवम् प्रज्ञा पुराण कथा प्रवचन तथा संस्कार महोत्सव हुँदै

राम प्रकट कोरी

माघ १९ गते –विजयनगर,

विजयनगर गाउँपालिका ३ जगदीशपुरमा देव सँस्कृति जागरण विरण कुण्डीय गायत्री महायज्ञ एवम् प्रज्ञा पुराण कथा प्रवचन तथा संस्कार महोत्सव सञ्चालन भएको छ । माघ १६ गते शुक्रवारबाट कलश यात्रा गरी महायज्ञ सुरु भएको हो ।

भुवनेश्वरी माध्यमिक विद्यालय अगाडी यज्ञशालादेखि सुरु भएको कलश यात्रा जगदीशपुर, कडियार, पत्थरदेइया , लक्ष्मणपुर, बिलरहवा हुँदै सुरई नदीबाट जलभरी पुनः जगदीशपुर चौराहा हुँदै यज्ञशालामा पुगी यात्रा समाप्त भएको थियो ।

कलश यात्रासँगै सुरु गरिएको महायज्ञमा हिजो १८ गते शनिवार प्रवचन, हवन तथा विभिन्न संस्कार कार्य भएको थियो । समुदायमा रहेको विभेद, विकृति, असमानता र सत्यताको बाटोमा अग्रसर रहने उद्धेश्यका साथ सञ्चालन गरिएको महायज्ञमा दिनहुँ पाच सयको संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहने गरेको छ ।

महायज्ञ कार्यक्रमको आइतवार विभिन्न कार्यक्रम गरी समापन गरिने बताइएको छ । आइतवार राती ७ बजेदेखि प्रवचन सुरु भई राती ९ बजे दीपयज्ञ गरी प्रवचन टोलीलाई विदाई गरिने स्थानीय देवेन्द्र मणी त्रिपाठी जानकारी दिनु भएको छ ।

प्रवचन टोलीमा शान्ति कुञ्ज गायत्री परिवार हरिद्धारका कौशलेस पाण्डे, रणजीत शर्मा तथा कृष्ण चन्दले प्रवचन दिनु भएको कार्यक्रमका व्यवस्थापक अध्यक्ष सुरेन्द्र कुमार चौधरीले बताउनु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP