Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवगढीमा मन्त्री सहित तिन सांसद

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा,
प्रदेश न ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले शिवगढीको संरक्षरणले स्थानियको जिवनस्तर उकासिने बताउनुभयो । कपिलवस्तुको एतिहासिक धार्मीक तथा पर्यटकिय क्षेत्र शिवगढीको अवलोकन गर्दै मन्त्री गिरीले शिवगढीको भुगोल हेर्दा पर्यटकको गन्तव्य बन्न सक्ने देखिएको बताउनुभयो । शिवराज नगरपालिका १ धानखोलावाट २ घण्टा पैदल यात्रा गरि शिवगढी पुग्नुभएका मन्त्री गिरी त्यहाँ बाट देखिने दाङ्ग, अर्घाखाँची, तराईको फाँट तथा मनोरम दृश्यको अवलोकन गर्नुभएको छ । अंग्रेज सँगको लडाईमा निर्माण गरिएको किल्ला एतिहासिक रहेकोले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । किल्ला भत्कदै गएको भन्दै यसमा स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
‘यो हाम्रो सुरक्षार्थ हो,यसलाई संरक्षण गर्नुपर्छ,संरक्षमा स्थानियले ध्यान दिन जरुरी छ,’उहाँले भन्नुभयो ‘प्रदेशले के गर्नुपर्छ हामी गर्छै तर एतिहासिक संरचनाहरु भत्कनु दिनुहुन्न’ । प्रदेश सरकारले गत वर्ष पनि यस मन्दिरको संरक्षणको लागी बजेट विनियोजन गरेको भन्दै संरक्षण गर्न तर्फ ध्यान दिन आग्रह गर्नुभयो । शिवगढी वाट प्युठानको स्वर्गद्धारी,अर्घाखाँचीको सुपादेउराली,गुल्मीको रिडि
सम्म पुग्ने पथ निर्माण गरी पर्यटकिय क्षेत्रको करिडोर बनाउने प्रदेश सरकारको योजना रहेको मन्त्री गिरी बताउनुभयो । शिवगढी क्षेत्रमा निजि क्षेत्रको लगानीमा केबुलकार संचालनको तयारी रहेको कुरा आएकोले यसले विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिवगढीमा भारतीय पर्यटकहरु धेरै आउने भएकाले आवतजावतमा केहि समस्याहरु देखिएको जनाउनुभयो ।
प्रदेश उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपाने कपिलवस्तु जिल्लामा एतिहासिक स्थलहरु धेरै रहेकोले सरकारको भ्रमण वर्ष २०२० मा पर्यटकहरुलाई यहाँ सम्म ल्याउनुपर्ने बताउनुभयो । शिवगढी एतिहासिक स्थल रहेको भन्दै यसलाई प्रचार प्रसार गर्नुपर्ने तर्क राख्नुभयो ।
प्रदेश सांसद तथा सामाजिक विकास समितिका सभापती दिर्घनारायण पाण्डेयले शिवगढीको विकासको लागि आउने दिनमा विशेष योजनाका साथ काम गर्ने
बताउनु भयो । पाण्डेय शिवगढीको बारेमा अध्ययन गरेपछी यहाको विकासका लागि सरकारले केहि नया योजना ल्याउने दावी गर्नुभयो ।

प्रदेश सांसद अर्जुन केसीले शिवराज नगरपालिकाका नागरिकको जिवनलाई
शिवगढीले समृद्ध बनाउने धारण राख्नु भयो । प्रदेश सभा सदस्य केसीले
शिवगढीको सर्वागिण विकासको लागि गुरु योजना निर्माण भएकोले यस बर्ष त्यहाँ सम्म पुग्नको लागी सडक मर्मत गर्ने योजना रहेको बताउनुभयो । धानखोला र रमुवादह वाट जान सकिने भएकोले दुबै तर्फ वाट पुग्ने बातावरण मिलाईने जनाउनुभयो । अवलोकनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपाने,सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डे,सांसद अर्जुन कुमार केसी, प्रमुख जिल्ला अधिकारी,दिर्घ नारायण पौडेल,शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,डिभिजन बन कार्यालयका प्रमुख दुर्गा कार्की,ईलाका प्रशासन कार्यालयका प्रमुख संकर विष्ट लगाएत वडा अध्यक्ष,व्यापारी,राजनितिक दलका प्रतिनिधि ,सुरक्षाकर्मी ,पत्रकाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP