Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लागुऔषध प्रयोग र समाधान

कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नाका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यो नै लागुऔषध हो । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । व्यक्तिको सकारात्मक चेतना, मन, क्षमतालाई प्रत्येक्ष अशर पार्दछ भने स्वास्थ्यलाई प्रतिकुल अशर पार्दछ यस्तो पदार्थ नै लागुऔषध हो ।
केही साधारण लक्षण औषधि दुर्व्यसन के के हुन्रु ?
लागुपदार्थ दुर्व्यसन जसले एक व्यक्तिले आफ्नो सामान्य जिम्मेवारी बिर्सिन्छ, जस्तै विद्यालय कार्य, साधारण कामकाज, छोराछोरी वा अन्य हेरचाह गर्नुपर्नेहरूको जिम्मेवारी समेत लिन असफल रहन्छन्सरसफाई कार्यमा अति कमजोर, अनिद्रा, खाना अरुचि, समय व्यवस्थापन अति कमजोर, अल्छिपन, क्रोध, विरोधि, नकारात्मक सोच हावि हुने, शत्रुतापूर्ण व्यवहार, नराम्रो संगत, अस्थिर प्रकृति, कमजोर मनोवल, व्यक्तिगत सम्पत्ति वा घरका वस्तुहरू हराइरहेको हुन सक्छन् वा अचानक धेरै पैसा साथमा हुन सक्छ, यस्तो प्रकृति, विशेषता र व्यवहार रहेमा लागुऔषध दुर्व्यसनमा फसिरहेको आशंका गरिहाल्नु पर्दछ ।
लागुऔषध दुर्व्यसन कुलत बन्न सक्छ ?
प्रतिकूल सामाजिक, मानसिक र शारीरिक परिणामहरूका साथै कुलत एउटा यस्तो अवस्था हो जसको बिशेषता बारम्बार, बाध्यकारी, अपरिहार्य र लागूपदार्थ, मादकपदार्थ वा अन्य त्यस्तै पदार्थ प्रयोगले हुन्छ। यो सामान्यतया लागुऔषध प्रति मनोवैज्ञानिक र शारीरिक रूपमा निर्भरता र लागुऔषध फेरि सेवन गर्ने लक्षण देखाउँछ जब कसैले लागुऔषधको प्रयोग हटाउछ या रोक्छ। कुलतमा परेका बेला, व्यक्तिले लागुऔषध भन्दा लागुऔषधले व्यक्तिलाई नियन्त्रण गरी रहेको हुन्छ। जब एक व्यक्तिको लागुऔषध वा मादकपदार्थको प्रयोग गर्नुहुन्छ वा हुँदैन भन्नेबारे तर्कसंगत छनौट गर्ने क्षमता हराउछ, उ कुलतमा फसिसकेको हुन्छ।
ब्यक्ति लागुऔषधको कुलतमा किन छिट्टै फस्दछन् ?
केही लागूपदार्थसँगै, कुलत धेरै चाँडै उत्पन्न हुन सक्छ। केहि पटक सेवन गरिसकेपश्चात पुनः सेवन गर्ने इच्छा जागेर आउंछ र त्यो इच्छा अनियन्त्रित हुन्छ । यी इच्छाहरू यस्ता वलिया हुंदै जान्छन् की सवैकुरा त्याग्न सक्दछ तर लागुऔषध सेवन त्याग्नै सक्दैन । यस्तो छिट्टै लाग्ने र छिट्टै वानी पर्ने पदार्थ भएकोले यो निकै खतरा समेत छ ।
लागुऔषधको सामाजिक प्रभाव
जुन समुदायमा उच्च मात्राको लागपदार्थ दुर्व्यसन भईरहेको हुन्छ त्यहाँ हत्या, हिंसा र यस्तै जघण्य प्रकृतिका अपराधिक घटनाहरु वढि मात्रामा घटित भईरहेका हुन्छन् । वढिजसो अपराधिक क्रियाकलापमा लागुऔषध दुर्व्यसनिहरुको संलग्नता रहेको छ, वढिजसो दुर्घटना लागुऔषध सेवनकै कारण भएको छ । वढिजसो घरेलु हिंसा, द्वन्द, भिडन्त जस्ता क्रियाकलापहरु लागुऔषध दुर्व्यसनकै कारण भएको पाइन्छ भने अव्यवस्थित र विना योजनापुर्णयौन सम्पर्कको करण बढी गर्वधारण र यौन प्रसारित रोगहरू फैलिनुको मुख्य कारक पनि लागुऔषध दुर्व्यसन नै हो । जसले घरबार विहीन हुने, बेरोजगारी वढ्ने र लागूपदार्थकै कारण मृत्युोदर र औषत आयुमा समेत नकारात्मक अशर पारिरहेको कुरा हाम्रो सामाजिक आंकडामा स्पष्ट छ । यसैगरी धेरैजसो लागुपदार्थहरूले गर्भावस्थाको भ्रुणमा असर गर्दछ । मादकपदार्थको प्रयोगले गर्दा धेरै कम जन्म वजन र शरीरिक हानी र साथसाथै विकास र बौद्धिक समस्याहरू हुन सक्छ। कोकिनको प्रयोगले जन्म देखि अपाङ्ग हुन सक्छ।
समाधान के छ त ?
एक व्यक्तिले सुधार कार्यक्रम ध्यानपूर्वक छनौट गर्नुपर्छ। प्रभावकारी सुधार कार्यक्रम लागुऔषधको सेवन कम गर्न वा लागुऔषध मुक्त जीवन रमाइलो गर्न एक व्यक्ति सेवन गर्ने इच्छाहरू हटाउन सक्षम हुनुपर्छ। प्रत्येक व्यक्तिले जुन परिस्थितिमा पहिले लागुऔषध प्रायोग गर्न थालेका थिए त्यसलाई सुधार गर्नु पर्छ, र तिनीहरूले सो कुलतद्वारा नष्ट भएको जीवन प्रतिस्थापन गर्न नयाँ जीवन पुनर्निर्माण गर्नुपर्छ। एक व्यक्तिले जे बाहाना बनाएपनि, सुँघ्ने लागुपदार्थ तथा कुलत लाग्ने लागुपदार्थको वा अन्य पदार्थ दुर्व्यसन आफूलाई र तिनीहरूलाई वरिपरि अन्य मानिसहरूलाई खतरनाक र हानिकारक हुन्छ। एक व्यक्तिलाई मद्दत गर्ने सबैभन्दा राम्रो तरिका तिनीहरूलाई रोक्न सक्नु हो। दुर्भाग्यवश, धेरै यस्ता कुलतमा फसेका मान्छे आफ्नै समस्या हेर्न असफल हुन्छन् र मदत इन्कार गर्दछन्। हामि सजग हुनुपर्दछ की लागुऔषध दुर्व्यसनले हाम्रो स्वास्थ्य, व्यक्तित्व, सामाजिक प्रतिष्ठा, पारिवारिक ओज, राज्यको व्यक्तिप्रतिको अपेक्षामा समेत प्रतिकुल अशर पारिरहेको हुन्छ । जसको प्रभाव सिंगो राज्यले भोग्नुपरेको हुन्छ भने यसलाई सवै ब्यक्ति, परिवार, समुदाय र सरकारी तथा गैर्हा सरकारी निकाय मिलेर समाधानको वाटोतर्फ लैजानु पर्दछ ।

प्रताप पौडेल
हाल नेपाल प्रहरी सेवामा कार्यरत

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP