Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नगरपालिकामा हाकिम नआए पछि नगर प्रमुख शाहद्वारा ज्ञापन

कपिलबस्तु ९ फागुन

जिल्लाको कृष्णनगर नगरपालिकाका कार्यपालिका सदस्यहरुले प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई ज्ञापनपत्र बुझाएका छन । कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत विह्रिन भएको महिनादिन वित्यो । सरकारले अझैसम्म प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको पदस्थापन गर्न बिलम्ब गर्दा नगरपालिकामा काम विशेषले आउने सर्वसाधारणले दैनिक दुःख कष्ट पाउदै आएकोले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहले भने ।प्रमुख प्रशासकिय अधिकृतको पदास्थापन नहुदा योजना सँम्झौता देखि फरफराक गर्न र रकम भुक्तानी गर्न समस्या भएको नगर प्रमुख शाहले बताए । उहाँले लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाज बाहेक आर्थिक कारोबार तथा विकास निर्माण लगायतका काममा समस्या भएको बताए । सरकारलाई नगर प्रमुख शाहले भने छिटो भन्दा छिटो प्रमुख प्रशासकीय अधिकृत पठाउन अग्रह गरे । प्रशासकिय अधिकृत नभएकै कारण नगर कार्यपालीकाको कार्यलय शुनसान बनेको छ । सेवाग्राहीहरु प्रशासानिक कामको लागी टाढा–टाढाबाट धाएर आए पनि प्रमुख प्रसासकिय अधिकृत नहुदा समस्यामा परेको सेवाग्राहीहरुको गुनासो रहेको छ । प्रमुख प्रशासकिय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा विनियोजन गरिएका योजनाको सम्झौताको काम समेत रोकिएको कार्यपालिका सदस्यहरुको गुनासो छ । यस आर्थिक बर्षमा नगरका गौरबका योजना साथै नगरका भौतिक पुर्बधार, सडक, लगायतका योजनाको सम्झौता गर्ने समयको चटारो भएको समयमा कार्यलय प्रमुखको अभाबमा काम काबार्ही आघि वढ्न प्रभावित भएको योजना शाखा प्रमुख प्रदीप चौधरीले बताए ।चालु आर्थिक बर्षको योजना सम्झौता गर्ने चटारो भएको अवस्थामा प्रमुख प्रशासकिय अधिकृत कै कारण समस्या भएको आरोप छ । एक जना कर्मचारी नहुदा स्थानीय सरकारको दैनिक कामकाजमा नै समस्या आउदा हजारौ सर्वसाधारणहरु मारमा परेका छन ।तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी तिनाउ गाउँपालिका पाल्पामा १ महिना अघि सरुवा भएर गए पछि प्रशासनिक कामकाज ठप्प भएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले यसलाई आजै सम्बन्धित निकायमा पठाउने बताए ।ज्ञापन पत्र बुझाउन नगरप्रमुख सहित नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP