Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

रमुवादह पुगेर मेयर शाह यस्तो बोले

माधव बेल्वासे,कपिलवस्तु
कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले शिवगढी एक ऐतिहासिक तथा पर्यटकिय रहेको बताउनुभएको छ । शिवरात्रीको अवशरमा आयोजित ३ दिने वृहत मेलाको समापन कार्यक्रममा बोल्दै मेयर शाहले शिवगढीको विकासको लागि आफुले ५ लाख बजेट विनियोजन गर्ने घोषणा गर्नुभयो । हिन्दुधर्मालम्वीहरुको आस्थाको केन्द्रविन्दु रहेको शिवगढीलाई संरक्षण गर्न शिवगढी वासि सक्रिय हुनुपर्ने बताउनुभयो । जिल्लाभरका सवै स्थानिय तहले सहयोग गर्नुपर्ने बताउदै रमुवादहलाई धार्मीक करिडोरको रुपमा विकास गर्नुपर्ने जनाउनुभयो ।

शिवराज नगरपालिका ९ मा पर्ने शिवगढीको विकास र प्रचारको लागि शिवगढी पर्यटन विकास सस्थाले आयोजना गरेको मेलामा बोल्ने अधिकांश वक्तहरुले शिवगढी सरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले धेरै पहिले देखि नै शिवगढी आस्थाको रुपमा रहेको बताउनुभयो । शिवरात्रीको अवशरमा शिवगढीको दर्शन गर्नेपर्ने विश्वास रहेको हुँदा अहिले पनि शिवगढी पुग्नेको सख्या बढी रहेको बताउनुभयो ।

शिवराज नगरपालिका वडा न ९ का अध्यक्ष चुर बहादुर खड्काले अंग्रेजहरु सगको लडाईमा शिवगढीमा किल्ला निर्माण गरी सुरक्षीत स्थल बनाएको बताउनुभयो । पछिल्लो समयमा प्रदेश मन्त्री,सांसदहरुको अनुगमनले अब तिव्र रुपमा विकास हुने विश्वास रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डेले शिवरात्रीको अवशरमा मेला आयोजना गरेर प्रचार प्रसारमा टेवा पुगेको बताउनुभयो ।

शिवगढी भनेर चिनाउन शिवगढी वासिहरुको मेहनत रहेकोले यसलाई अव केन्द्र स्तरसम्म पु्रयाउनुपर्ने बताउनुभयो । समाजसेवि जिवलाल पौडेल,प्रेम रायमाझी,प्रेम रोका,हरि श्रेष्ठ लगाएतले शिवगढी क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । ३ दिन सम्म संचालन भएको मेलामा राष्ट्रिय कलाकार खुमान अधिकारी,पुर्खे बा,शिलु भट्टराई,मिसान भुषाल,वर्षा लम्साल लगाएतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP