Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोतामा आज छात्र तर्फ ४ छात्रा तर्फ ६ खेल सम्पन्न ।।

दिपक के.सी.
कपिलवस्तु फागुन ११
कपिलवस्तुको शिवराज नगरपालिकामा आइतबारबाट सुरु भएको राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगितामा जम्मा १० खेल सम्पन्न भएको छ ।
शिवराज नगरपालिकामा शुरु भएको राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्रा तर्फ भलिवल, २०० मि. दौड, ४०० मि. दौड, ८०० मि. दौड, ज्याब्लिङ्ग थ्रो, सटफुट गरी ६ वटा खेलहरु सम्पन्न भएको खेल संयोजक नेत्र बेल्वासेले जानकारी दिनु भयो । जसमा भलिबल तर्फ समयथान मावि विजेता भएको छ भने उप विजेता नेपाल आदर्श मावि भएको छ । २०० मिटर दौड तर्फ प्रथम नेपाल आदर्श मा.वि., द्वितिय समयथान मावि, तृतिय प्रकाश मावि भएको छ । ४०० मिटर दौडमा नेपाल आदर्श माविले प्रथम प्रकाश मावि दोस्रो र राष्ट्रिय माविले तेस्रो स्थान हासिल गरेका छन । ८०० मिटर दौडमा प्रथम बाल शिक्षा मावि, दोस्रो समयथान मावि, तेस्रो राष्टिय मावि भएका छन । ज्याब्लिङ्ग थ्रो तर्फ नेपाल आदर्श माविले प्रथम स्थान प्राप्त गरेको छ । छात्रा तर्फ कै सटफुट तर्फको खेलमा प्रथम समयथान मावि, दोस्रो नेपाल आदर्श मावि, तेस्रो प्रकाश मावि भएका छन ।
आइतबार छात्र तर्फ ४ खेल सम्पन्न भएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो । छात्र तर्फ ४०० मि दौड, ८०० मि. दौड, ज्याब्लिङ्ग थ्रो र सटफुट खेल सम्पन्न भएको पन्थिले बताउनु भयो । छात्र तर्फको खेलमा ४०० मि. दौड तर्फ प्रकाश मावि प्रथम, समयथान मावि दोस्रो, राष्ट्रिय मावि तेस्रो भएको छ । ८०० मिटर दौडमा प्रकाश मावि प्रथम, नेपाल आदर्श मावि दोस्रो ,रंगीलाल मावि तेस्रो भएको छ । ज्याब्लिङ्ग थ्रो तर्फ नेपाल आदर्श मा.वि प्रथम र प्रकाश मा.वि दोस्रो भएको छ । सटफुट तर्फ समयथान मावि प्रथम, नेपाल आदर्श मावि दोस्रो र प्रकाश मावि तेस्रो भएको छ ।
भोलि सोमबार छात्र तर्फको भविबल प्रतियोगिता, कबड्डी छात्र÷छात्रा, १०० मिटर दौड छात्र÷छात्रा, रिले दौड छात्र÷छात्रा, छात्र तर्फको २०० मिटर दौड, हाइजम्प, लङजम्प र त्रिपल जम्प प्रतियोगिता हुने शिक्षा शाखा प्रमुख पन्थिले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP