Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार

काठमाडौं : सर्वोच्च अदालतको पुर्ण बैठक (फुल कोर्ट) आज बस्दै छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज दिउँसो साढे १ बजे फुल कोर्ट बोलाएका छन्। 

न्यायालय र नेतृत्वमाथि बारम्बार प्रश्न उठेपछि त्यसबारे छलफलका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले फुल कोर्ट बोलाएका हुन्। नेपाल बार एशोसिएशनसँग आइतबार भएको छलफलपछि जबराले  दिउँसो साढे १ बजेका लागि फुल कोर्ट बोलाएका हुन्।  बैठकमा बार एशोसिएशनका प्रतिनिधिलाई पनि सहभागी गराइने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। 

जबराले बोलाएको फुल कोर्ट भने १४ जना न्यायाधीश बहिष्कार गर्ने भएका छन्।  हिजो सर्वोच्चका १४ जना न्यायाधीशले छुट्टै छलफल गरी प्रधानन्यायाधीशले बोलाएको फुल कोट बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन्। 

पूर्ण बैठकमा न्याय क्षेत्रमा देखिएको विसंगति, न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन लगायत विषयमा छलफल गर्ने तयारी छ। तर १४ न्यायाधीश भने बिहानैदेखि छुट्टै छलफलमा छन्।

पाँच दलीय गठबन्धन सरकारसँग भाग खोजेकोसहितका अनेक आरोपका कारण प्रधानन्यायाधीश जबरा विवादमा परेका छन्। 

जबराले आफूले गठबन्धन सरकारसँग मन्त्री भाग नमागेको र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई नभनेको पनि प्रष्टिकरण दिँदै आएका छन्। तर प्रधानन्यायाधीशले न्यायिक अराजकता निम्त्याउने गरी गठबन्धन सरकारसँग अनेक राजनीतिक भागबण्डा खोजेको गम्भीर आरोप लागेको छ ।

यसअघि पूर्वन्यायाधीशहरुको फोरमले पनि राणालाई राजीनामा दिन वा उनीमाथि महाअभियोग लगाउन सुझाव दिइसकेको छ।यस्तै बारका पदाधिकारीले पनि न्यायालयको सुधारका लागि राजीनामा दिन सुझाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP