Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

सर्वोच्चका १३ न्यायाधीशद्वारा पूर्ण बैठक बोलाउन प्रस्ताव

काठमाण्डाै – सर्वोच्च अदालतका १३ जना न्यायाधीशले गोलाप्रथा लागू गर्न फुलकोर्ट अर्थात सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

हिजो बसेको न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि समझदारी भएसँगै त्यसलाई अनुमोदनका लागि आज फुलकोर्ट बैठक बोलाउन मुख्य रजिस्ट्रारमार्फत आग्रह गरेका हुन् । रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।

प्रधानन्यायाधीश जबराले फुलकोर्ट बोलाएमा बैठकले नियमावली संशोधनको निर्णय गर्नेछ । नियमावलीमा ‘प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरुमा मुद्दा तोक्ने’ व्यवस्था छ । त्यसलाई संशोधन गरी ‘गोला प्रणालीबाट मुद्दा तोकिने’ उल्लेख गरिनेछ ।

सर्वोच्च अदालत नियमावली अनुसार फुलकोर्ट प्रधानन्यायाधीशको अध्यक्षतामा बस्छ । तर प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन भइरहेकाले फुलकोर्ट बैठक बोलाउने बारेमा अन्योल देखिएको छ । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले गरेको सिफारिस अनुसार तयार पारिएको कार्यविधिलाई ‘गोलाप्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौदा २०७८’ नाम दिइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP